कोरोना संक्रमितबाट जोगिन नेपालमा नर्सिङ रोबोट प्रयोग गर्नेबारे छलफल « Khabarhub

कोरोना संक्रमितबाट जोगिन नेपालमा नर्सिङ रोबोट प्रयोग गर्नेबारे छलफल


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका संक्रमितबाट जोगिन नेपालका अस्पतालहरुमा पनि नर्सिङ रोबोटको प्रयोग गर्नेबारेका चर्चा सुरु भएका छन् ।

चीन, इटाली, अमेरिका लगायतका मुलुकमा कोरोना संक्रमित बिरामीबाट स्वास्थ्यकर्मीलाई जोगाउन रोबोटको प्रयोग भएको बताइरहँदा नेपालमा पनि यसको उपयोगबारे चर्चा सुरु भएका हुन् ।

नेपालमा पनि नर्सिङ रोबोट तयारी अवस्थामा रहेको सेवा प्रदायक संस्था पाइला टेक्नोलोजीले जनाएको छ ।

टेक्नोलोजीका अनुसार यो रोबोटले बिरामीलाई आवश्यक खाना र औषधि उनीहरुसम्म पुर्‌याउन सक्नेछ ।

नर्सिङ रोबोटको गत शुक्रबार ललितपुरस्थित सुमेरु अस्पतालमा गरीएको परीक्षण सफल भएपछि स्वास्थ्य मन्त्रालयसँग यसको सेवाबारे आवश्यक परामर्श सुरु भएको पाइलाका संस्थापक विनय राउतले जानकारी दिए ।

उक्त रोबोटले स्वास्थ्यकर्मीलाई हेरचाह तथा औषधि उपचार लागि पटकपटक बिरामीसमक्ष गइरहनुपर्ने बाध्यता हटाई संक्रमणबाट बचाउने अपेक्षा गरिएको छ ।

नेपालमै पहिलोपटक रोबोटिक सेवा विस्तार गरेको पाइला टेक्नोलोजीले यसअघि बैंक, होटल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका ठाउँमा रोबोट सेवा शुरु गरिसकेको छ ।

उक्त संस्थाले रोबोट बाहेक सिकिस्त बिरामीको उपचारका लागि अत्यावश्यक भेन्टिलेटर पनि बनाउन थालेको जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : ०३ बजे

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि