बेलायतमा कोरोना संक्रमित नेपाली नर्स २३ दिनपछि आईसीयूबाट नर्मल वार्डमा « Khabarhub

बेलायतमा कोरोना संक्रमित नेपाली नर्स २३ दिनपछि आईसीयूबाट नर्मल वार्डमा


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायतमा कोरोनाको सङ्क्रमणले विगत २३ दिनसम्म सघन उपचारकक्षमा रहेकी नर्स उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ ।

उमालाई कोरोनाको सङ्क्रमण देखिएपछि साउथ इष्ट ससेक्सको कन्क्वस्ट अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालमा कार्यरत १०० भन्दा बढी सहकर्मीले उमालाई सामान्य शय्यामा सार्दा ताली बजाएर सम्मान प्रकट गरेका थिए ।

उमाले भनिन्, “म सघन उपचार कक्षमा हुँदा मेरो उपचारमा संलग्न सबैलाई धन्यवाद दिने शब्दसमेत छैन । उनीहरूको योगदान अकल्पनीय छ जसले मलाई बचाए । म अझै अस्पतालमा छु । विस्तारै विस्तारै ठीक हुँदैछु ।”

सघन उपचार कक्षका प्रमुख केट् मुरे भन्छन्, “सघन उपचारमा कार्यरत सबै कर्मचारी र सिङगो नर्स समूहको कडा परिश्रमले उमालाई यो कक्षबाट निकाल्न सफल भयौँ । उमालाई दुई हप्ताभन्दा बढी आइसीयूमा राख्नुपरेका कारण यो बुझ्नुस् कि उनलाई कोरोनाले कति गालेको रहेछ ।”

उनले भने, “तर अकल्पनीय रूपमा आएको परिवर्तनले आज यहाँसम्म आइपुगिन् । हाम्रो गौरवको एउटा अंश हुन उमा पनि । यो कठिन घडीमा उनमा आएको यो परिवर्तन हामी सबैका लागि उदाहरणीय र हौसलापूर्ण कार्य भएको छ र हामी सबैको प्रर्थना छ उनलाई छिट्टै निको हुनेछ ।”

आइतबार मात्रै एक नेपाली जोडी स्वास्थ  भई घर फर्केका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : ३४ बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ