कोरोनाको गलत सूचना पोष्ट गर्नेलाई फेसबुकको चेतावनी सन्देश « Khabarhub

कोरोनाको गलत सूचना पोष्ट गर्नेलाई फेसबुकको चेतावनी सन्देश


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फेसबुकमार्फत कोरोना भाइरसका गलत सूचना फैलाउने प्रयोगकर्तालाई फेसबुकले चेतावनी सन्देश पठाउने भएको छ ।

भ्रामक समाचार पोष्ट गर्ने तथा पढ्ने प्रयोगकर्तालाई अब फेसबुकले नै अलर्ट पठाउने भएको हो ।

सामाजिक सञ्जालका माध्यमबाट कोरोना भाइरसबारका गलत सूचना अनियन्त्रितरुपमा सार्वजनिक भएको गुनासो बढिरहँदा फेसबुकले यस्तो घोषणा गरेको हो ।

फेसबुकमा कोरोनाभाइरसका झुटा सामग्रीहरु लाइक, कमेन्ट तथा शेयर गर्ने प्रयोगकर्ताहरुको न्युज फिडमा नै चेतावनीपूर्ण सन्देश आउने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताहरु भ्रमबाट जोगिउन भनेर फेसबुकले भ्रामक सूचनालाई फेसबुकमा लाइक, कमेन्ट तथा सेयर गरेमा सिधै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को वेबपेजमा पुग्ने व्यवस्था मिलाइएको छ ।

फेसबुकको भ्रामक समाचार समस्याबारे भ्वाइस नामको समूहले अभियान चलाएपछि फेबसुकले गत बिहिबार यस्तो घोषणा गरेको हो ।

उक्त समूहले १०४ वटा कोरोना सम्बन्धी फेसबुक पोस्ट तथा भिडियोहरुमाथि अनुसन्धान गरेकोमा सबै सबै भ्रामक पाइएको थियो । ती भ्रामक सामग्रीहरु १७ लाखपटक शेयर तथा ११ करोड ७० लाख पटक हेरिएको दावी गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : ३८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना