काठमाडौं प्रहरी र अपराध महाशाखा प्रमुख विहीन, सरुवाका लागि गृह मन्त्रालयमा प्रस्ताव पेश « Khabarhub

काठमाडौं प्रहरी र अपराध महाशाखा प्रमुख विहीन, सरुवाका लागि गृह मन्त्रालयमा प्रस्ताव पेश


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएपी)हरुको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएसँगै अहिले काठमाडौं प्रहरी प्रमुख विहीन बनेको छ ।

यस्तै, काठमाडौं उपत्यकामा हुने अपराधिक घटनाको अनुसन्धान गर्ने निकाय महानगरीय अपराध महाशाखा पनि नेतृत्व विहीन छ ।

अपराध महाशाखाको प्रमुख रहेका सशकुल बहादुर तथा काठमाडौं परिसरको प्रमुख रहेका उत्तमराज सुवेदी एसएसपीबाट डीआईजीमा बढुवा भइसकेका छन् । प्रहरी महानिरीक्षकले उनीहरुलाई दर्ज्यानी चिह्न समेत वितरण गरी गृह मन्त्रालयले कार्यक्षेत्र समेत तोकिसकेको छ ।

तर, संघीय राजधानी रहेको काठमाडौं जिल्ला र उपत्यकामा हुने अपराधिक घटनाको अनुसन्धान गर्ने अपराध महाशाखा भने प्रहरी प्रमुख बनेका छन् ।

गृहमन्त्री रामबहादुर थापाको व्यवस्तताका कारण काठमाडौं परिसर र अपराध महाशाखाको प्रमुखमा हुनुपर्ने सरुवा भएको छैन ।

राजपत्रांकित प्रथम श्रेणी सरहको एसएसपीको सरुवा गर्ने निर्णय विभागीय मन्त्रीले गर्नुपर्ने हुन्छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर काठमाडौं परिसर र अपराध महाशाखा प्रमुख खटाउनु पर्ने हो । तर, गृहमन्त्री थापाको बढ्दो व्यवस्तताका कारण सरुवामा केही ढिलाइ हुन पुगेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार परिसर र महाशाखाको प्रमुखमा सरुवाका लागि प्रस्ताव तयार भएर गृह मन्त्रालय पेश भइसकेको छ । उक्त प्रस्ताव सोमबार नै गृहमन्त्री थापाको सचिवालयमा पुगिसकेको छ ।

तर, सोमबार बसेको मन्त्रिपरिषद बैठक र त्यसपछि बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकका कारण गृहमन्त्री थापाले निर्णयमा हस्ताक्षर गर्न पाएका छैनन् ।

गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसरको प्रमुखका रुपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीलाई सरुवा गर्न प्रास्ताव गरेको छ । यस्तै, अपराध महाशाखाको प्रमुखमा एसएसपी दीपक थापालाई सरुवा गर्न प्रस्ताव गरिएको छ ।

‘प्रहरी प्रधान कार्यालयबाट सोमबार साँझ आएको प्रस्तावमा काठमाडौं परिसरको प्रमुखमा एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखाको प्रमुख एसएसपी दीपक थापालाई सरुवा गर्नुपर्ने राय पेश गरिएको छ,’ गृह मन्त्रालय स्रोतले खबरहबसँग भन्यो, ‘प्रस्तावमा कुनै परिवर्तन भएन भने सम्भवत आज (मंगलबार) दुवै जनाको सरुवा हुन्छ होला ।’

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवाका लागि प्रस्ताव गरिएका एसएसपी ज्ञवाली प्रहरी महानिरीक्षक (आईजी) ठाकुर ज्ञवालीका सहोदर भाइ हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १० : ०६ बजे

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि