ब्लड क्यान्सर पीडित १९ वर्षे ढकालको उपचार गर्न सहयोग माग « Khabarhub

ब्लड क्यान्सर पीडित १९ वर्षे ढकालको उपचार गर्न सहयोग माग


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- ब्लड क्यान्सर पीडित १९ वर्षे युवक सोमनाथ ढकालको उपचार गर्न परिवारले आर्थिक सहयोगको माग गरेको छ ।

इलाम नगरपालिका वडा नम्बर-५ (साविक बरबोटे ९) का ढकालको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । १७ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत ढकालको उपचारका क्रममा पाँच लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न चाहिने रकम सहयोग गर्न बिरामीका बुबा गोपाल ढकालले आग्रह गरेका छन् ।

‘मेरो छोरालाई बचाउन सबैसँग सहयोगको अपील गर्दछु’ उनले भने, ‘कलिलै उमेरमा छोरो बिरामी भयो । मैले उपचार गर्न नसक्ने रोग लाग्यो । अब मेरो छोराको उपचार तपाईंको सहयोगले मात्र हुनसक्छ ।’

ढकालले सबै गरेको सानो सहयोगले आफ्नो ठूलो राहत हुने बताएका छन् ।

कक्षा ११ मा अध्ययनरत सोमनाथको टाउको दुख्ने समस्या देखिएपछि उपचारका लागि झापाको विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो ।

विएण्डसी अस्पतालले क्यान्सरको आशंका गरेर टिचिङ्ग रेफर गरेको थियो । टिचिङ्गमा परीक्षण गर्दा ब्लड क्यान्सर (ल्यूकोमिया) भएको देखिएकाले अहिले सोही अस्पतालमा उनको उपचार भइरहेको छ ।

ढकालको उपचार खर्च जुटाउन स्थानीय युवाले सामूहिक अभियान थालेका छन् । सामाजिक सञ्जाल तथा घरदैलो अभियान गरेर उपचार खर्च जुटाउने काम भइरहेको अभियन्ता दीपक ढु‌गानाले बताए ।

‘सोमनाथ ढकाल बचाऊ अभियान’ लाई साथ दिन अभियन्ताले अनुरोध गरेका छन् । सहयोग संकलन गर्न प्राइम कर्मर्सियल बैंक लिमिटेडको बिब्ल्याँटे शाखामा खाता खोलिएको छ । ‘सोमनाथ ढकाल बचाउ अभियान समिति’ नामको बैंक खाता नम्बर ‘१०१००११९ CA’ हो । साथै इसेवामा ९८४२७६६६६६ र आइएमइ पेमा ९८५२६८०३४० मा सहयोग रकम पठाउन सकिने ढुङ्गानाले बताए ।

पीडित १९ वर्षे युवकको उपचार गर्न सकेसम्म सहयोग गरिदिन इलाम नगरपालिका वडानम्बर ५ का वडाअध्यक्ष ठाकुरनारायण श्रेष्ठले आग्रह गरेका छन् ।

Image may contain: 1 person

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १२ : ४९ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर