ब्लड क्यान्सर पीडित १९ वर्षे ढकालको उपचार गर्न सहयोग माग | Khabarhub Khabarhub

ब्लड क्यान्सर पीडित १९ वर्षे ढकालको उपचार गर्न सहयोग माग


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- ब्लड क्यान्सर पीडित १९ वर्षे युवक सोमनाथ ढकालको उपचार गर्न परिवारले आर्थिक सहयोगको माग गरेको छ ।

इलाम नगरपालिका वडा नम्बर-५ (साविक बरबोटे ९) का ढकालको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । १७ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत ढकालको उपचारका क्रममा पाँच लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न चाहिने रकम सहयोग गर्न बिरामीका बुबा गोपाल ढकालले आग्रह गरेका छन् ।

‘मेरो छोरालाई बचाउन सबैसँग सहयोगको अपील गर्दछु’ उनले भने, ‘कलिलै उमेरमा छोरो बिरामी भयो । मैले उपचार गर्न नसक्ने रोग लाग्यो । अब मेरो छोराको उपचार तपाईंको सहयोगले मात्र हुनसक्छ ।’

ढकालले सबै गरेको सानो सहयोगले आफ्नो ठूलो राहत हुने बताएका छन् ।

कक्षा ११ मा अध्ययनरत सोमनाथको टाउको दुख्ने समस्या देखिएपछि उपचारका लागि झापाको विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो ।

विएण्डसी अस्पतालले क्यान्सरको आशंका गरेर टिचिङ्ग रेफर गरेको थियो । टिचिङ्गमा परीक्षण गर्दा ब्लड क्यान्सर (ल्यूकोमिया) भएको देखिएकाले अहिले सोही अस्पतालमा उनको उपचार भइरहेको छ ।

ढकालको उपचार खर्च जुटाउन स्थानीय युवाले सामूहिक अभियान थालेका छन् । सामाजिक सञ्जाल तथा घरदैलो अभियान गरेर उपचार खर्च जुटाउने काम भइरहेको अभियन्ता दीपक ढु‌गानाले बताए ।

‘सोमनाथ ढकाल बचाऊ अभियान’ लाई साथ दिन अभियन्ताले अनुरोध गरेका छन् । सहयोग संकलन गर्न प्राइम कर्मर्सियल बैंक लिमिटेडको बिब्ल्याँटे शाखामा खाता खोलिएको छ । ‘सोमनाथ ढकाल बचाउ अभियान समिति’ नामको बैंक खाता नम्बर ‘१०१००११९ CA’ हो । साथै इसेवामा ९८४२७६६६६६ र आइएमइ पेमा ९८५२६८०३४० मा सहयोग रकम पठाउन सकिने ढुङ्गानाले बताए ।

पीडित १९ वर्षे युवकको उपचार गर्न सकेसम्म सहयोग गरिदिन इलाम नगरपालिका वडानम्बर ५ का वडाअध्यक्ष ठाकुरनारायण श्रेष्ठले आग्रह गरेका छन् ।

Image may contain: 1 person

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १२ : ४९ बजे

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौं– सरकारले आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि