नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो « Khabarhub

नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबारको नियमित पत्रकार सम्मेलनमा १ जना कोरोना संक्रमित थपिएको बताए । नयाँ संक्रमित उदयपुरका ३३ वर्षका पुरुष रहेको प्रवक्ता देवकोटाको भनाइ छ ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३२ पुगेको छ । जसमध्येका ४ जना भने उपचार पछि निको भइसकेका छन् ।

यस्तै, उदयपुरकै अन्य व्यक्तिहरुको पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, कोशी प्रादेशिक अस्पतालको प्रयोगशाला र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भइरहेको प्रवक्ता देवकोटाले बताए ।

प्रवक्ता देवकोटाका अनुसार उदयपुरमा थप १०० जनाको पीसीआर विधिबाट परीक्षण गर्ने गरी नमूना संकलन गरिएको छ । ती नमूनाहरु हाल परीक्षणका क्रममा रहेका प्रवक्ता देवकोटाले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ३ सय ३३ वटा थ्रोड स्वाबको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको डा देवकोटाले बताए । उनका अनुसार पीसीआर विधिबाट हालसम्म ८ हजार ७ सय ६३ जनाको नमूना परीक्षण गरिएको छ । यस्तै कुल संक्रमित जनामध्ये ४ जना निको भएर घर फर्किएको र २८ जना विभिन्न अस्पतालमा उपचारत रहेको डा देवकोटाको भनाइ छ ।

प्रवक्ता देवकोटाका अनुसार र्‍यापिट डाइग्रोस्टिक टेस्ट (आरडीटी) विधिबाट हालसम्म २७ हजार ९ सय ५६ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र २ हजार ८ सय ८ जनाको नमूना आरडीटीबाट परीक्षण गरिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट हुने परीक्षण देशभरका ७७ वटै जिल्लामा शुरु भएको छ । आरडीटी विधिबाट गरिने परीक्षणका क्रममा व्यक्तिमा कोरोना संक्रमण भएको संकेत दिने एन्टिबडी पोजेटिभ देखिएमा पीसीआर विधिबाट पुन: परीक्षण गरिन्छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ४ : २९ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर