सर्वोच्चद्वारा सरकारले ल्याएका अध्यादेशविरुद्ध रिट दर्ता गर्न अस्वीकार « Khabarhub

सर्वोच्चद्वारा सरकारले ल्याएका अध्यादेशविरुद्ध रिट दर्ता गर्न अस्वीकार


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषदको निर्णयानुसार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सोमबार जारी २ वटा अध्यादेशविरुद्ध दायर गर्न खोजिएको रिट सर्वोच्च अदालतले दर्ता नगरी फिर्ता पठाइ दिएको छ ।

मंगलबार अधिवक्ता शैलेन्द्र हरिजन राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाइ सोमबार जारी भएका अध्यादेश खारेजका लागि आवश्यक (अन्तिम) आदेश माग गर्दै रिट दायर गर्न सर्वोच्च पुगेका थिए ।

तर, सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको रिट दर्ता नहुने भन्दै अधिवक्ता हरिजनको रिट दर्ता नगरी फिर्ता पठाइदिएको हो । रिट दर्ता नगरे पनि दरपीठ भने गरिएको छैन ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको रिट दर्ता नहुने भन्दै फाँटबाटै फर्काइएको बताए ।

सर्वोच्च अदालतको पूर्ण वैठकले यसअघि नै अहिलेको अवस्थामा कोरोना भाइरसको संक्रमण तथा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित बाहेक अन्य कुनै रिट (निवेदन) दर्ता नगर्ने निर्णय गरेको थियो ।

सोमबारको मन्त्रिपषिद बैठकको निर्णयानुसार राष्ट्रपति भण्डारीले सोमबार नै संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी २ छुट्टा छुट्टै अध्यादेश प्रमाणीकरण गरी जारी गरेकी थिइन् ।

ती अध्यादेशका विषयमा सत्तारुढ नेकपासहित विपक्षी नेपाली कांग्रेसका नेताहरुले समेत विरोध जनाइरहेका छन् । संघीय संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अध्यादेश फिर्ताका लागि सरकारलाई दवाव दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ५ : १९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६