कोरोनाको आयुर्वेदिक औषधि बनेको छैन, प्रतिरोधी क्षमता बढाउन प्रयोग गर्दा हुन्छ– स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोनाको आयुर्वेदिक औषधि बनेको छैन, प्रतिरोधी क्षमता बढाउन प्रयोग गर्दा हुन्छ– स्वास्थ्य मन्त्रालय


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरको महेन्द्रनगरस्थित आयुर्वेदिक औषधालयका योग प्रशिक्षक तथा परम्परागत वैध सहायक आर के थापाले केही दिन अघि औपचारीक रुपमै आफूले कोरोनाको आयुर्वेदिक औषधि पत्ता लगाएको दावी गरे ।

उनले आफुले बनाएको आयुर्वेदिक औषधि परीक्षण गर्ने अवसर पाउनु पर्‍यो भन्दै पत्रकार सम्मलेन नै गरे । विश्व कोरोनासँग लडिरहेको अवस्थामा सरकारी निकायमै कार्यरत व्यक्तिले औषधि पत्ता लगाएको दावी गरेपछि उक्त सामाजिक सञ्जालयमा भाइरल नै बन्यो ।

धेरैले उनको कुरालाई विश्वास पनि गरे । तर, उनी कार्यरत महेन्द्रनगरस्थित आयुर्वेदिक औषधालयले थापाको कुरा गलत भएको बतायो । र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोनाको उपचारका लागि कुनै आयुर्वेदिक औषधि पत्ता नलागेको स्पष्ट पारेको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर बासुदेव उपाध्यायले कोरोनाको आयुर्वेदिक औषधि पत्ता लागेको भनेर केही व्यक्तिले भ्रम सिर्जना गरेको स्पष्ट पारे ।

‘विश्वव्यापी महामारीको रुपमा फैलिएको नेपालमा देखा परेको कोभिड १९ को उपचारको विषयमा विभिन्न व्यक्तिहरुबाट जडिबुटी, आयुर्वेदिक औषधिबाट ग्यारेन्टीका साथ कोभिड १९ रोग निको पार्छु भन्ने भ्रम सिर्जना भएकोले हाम्रो ध्यानाकर्षण भएको छ,’ डा उपाध्यायले भने, ‘हाम्रो घरभित्र, घर वरपर विभिन्न किसिमका बहुमूल्य जडिबुटीहरु छन् । जसले रोग रोग विरुद्ध लड्ने क्षमता बढाउँछ । तर यसको अर्थ घरमा पाइने जडिबुटीले कोभिड १९ लाई निको पार्ने भन्ने होइन ।’

विभागका महानिर्देशक डा उपाध्यायले कोरोना र आयुर्वेदिक उपचारबारे भ्रम र यर्थातताबारे जानकारी दिएका छन् । उनले नेपाल महत्वपूर्ण जडिबुटीले भरीपुर्ण भएपनि नेपालमा पाइने जडिबुटीले कोरोना निको पार्ने पार्छ भन्ने कुनै आधार नभएको बताए ।

घरभित्र, घर वरपर पाइने विभिन्न किसिमका जडिबुटीहरु रोग प्रतिरोधात्म क्षमता बढाउन प्रयोग भने गर्न सकिने उनको भनाइ छ ।

‘नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले निर्देशन दिएका विभिन्न नियमहरुलाई पालना गर्दै हाम्रो घरवरपर पाइने जडिबुटीहरुलाई प्रयोग गर्न सकिन्छ । केही जडिबुटीले रोगसँग लड्ने क्षमता बढाउन सक्छ,’डा उपाध्यायले भने, ‘घरमा बसेर लकडाउको अवस्थामा क्वारेन्टाइनको अवस्थामा यस्ता जडिबुटी सजिलै प्रयोग गर्न सकिन्छ । त्यस्ता जडिबुटी प्रयोग गरेर रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । तर कोरोना लाग्न रोक्ने वा निको पार्ने भन्ने हुँदैन ।’

उनले गुर्जोलाई ५ ग्रामको मात्रा मिलाएर आधा लिटर पानीमा पकाएर नियमित रुपमा सेवन गर्न सकिने पनि जानकारी दिए । यस्तै असुराको पात र वेसारलाई पनि एक लिटर पानीमा पकाएर दिनभरी नियमित रुपमा सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्ने पनि उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : २२ बजे

रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर

सुरुङ्गा– अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २००

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि