उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेपछि जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय « Khabarhub

उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेपछि जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश १ सरकारले उदयपुरमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेसँगै जिल्ला सिल गर्ने निर्णय गरेको छ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई जिल्लामा आवतजावत बन्द गर्ने हिसाबले सिल गर्ने निर्णय भएको जानकारी दिका हुन्

‘जिल्लाबाट अन्य ठाउँमा संक्रमण नफैलियोस् भनेर सिल गर्ने निर्णय भएको छ,’ उनले भने। आज साँझ जिल्लाको भुल्केमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज दिउँसो थप एक जनामा कोरोना सङ्क्रमणको भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत पुष्टि गरेको थियो । मंगलबार साँझ थप ९ जनामा पनि सङ्क्रमण पाइएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन्।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ। यसअघि सोही ठाउँको एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ७ : ३२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६