काठमाडौं- बुधबार राति अद्यावधिक गरेको विवरण अनुसार प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।
प्रदेश १ का अनुसार झापामा १५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भए सँगै प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ पुगेको छ ।
जहाँ निको हुनेहरुको संख्या २६ रहेको छ । पीसीआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको प्रदेश १ ले जनाएको छ ।
यसैबीच झापामा बुधबार देखिएका १५ जना कोरोना संक्रमित मध्ये कचनकवलका १० जना रहेको जनाइएको छ ।
झापामा संक्रमित हुनेको २७ पुगेको छ। विगत केही समय यता भारतबाट आएकाहरुमा कोरोना भाइरस संक्रमण पुष्टि हुने क्रम बढिरहेको छ।
बुधबार राति पुष्टि भएकाहरु झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु भएको खुलेको छ ।
प्रतिक्रिया