ब्राजिलमा कोरोनाका बिरामीलाई मलेरियाविरुद्धको औषधि दिन अनुमति « Khabarhub

ब्राजिलमा कोरोनाका बिरामीलाई मलेरियाविरुद्धको औषधि दिन अनुमति


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल-  ब्राजिल सरकारले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि मलेरियाको औषधि प्रयोग गर्न अनुमति दिएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका विरामीलाई प्रयोग गर्न अनुमति दिएको हो।

अहिलेसम्म यी औषधि कोरोना संक्रमितको उपचारमा प्रभावी हुन्छन् भन्ने प्रमाणित भइसकेको छैन । गत मार्च मेमा ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोले सामाजिक सन्जालमार्फत् हाइड्रोक्सिक्लोरोक्विन कोरोना संक्रमितको उपचारमा निकै प्रभावी रहेको अभिव्यक्ति दिएका थिए।

गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोना संक्रमणबाट जोगिन आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको बताएका थिए। ब्राजिल कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशहरुको सूचीमा तेस्रो स्थानमा छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा २ लाख ९३ हजार ३ सय ५७ जना संक्रमित छन् भने मृतकको संख्या १८ हजार ८ सय ९४ पुगेको छ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ९ : ५३ बजे

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,