यी हुन् विश्वकै सबैभन्दा फोहारी व्यक्ति, जसले ६० वर्षदेखि नुहाएका छैनन् « Khabarhub

यी हुन् विश्वकै सबैभन्दा फोहारी व्यक्ति, जसले ६० वर्षदेखि नुहाएका छैनन्


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनैपनि व्यक्ति जसले ६० बर्ष देखि ननुहाई बसेका छन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ ।

तर, विश्वमा यस्ता व्यक्ति भेटिएका छन् जो ६० बर्ष देखि ननुहाई बसेका छन् । यो प्रसङ्ग इरानको हो । सामाचार माध्यमहरुमा जनाईएअनुसार, इरानका ८० वर्षीय अमो हाजीले ६० वर्षयता नुहाएका छैनन् ।

त्यही ६० वर्षदेखि ननुहाएर उनि विश्वकै सवैभन्दा फोहरी व्यक्ति बनेका छन् । अमो हाजी अजिव तरिकाले जीवन व्यतीत गरिरहेका छन् । २० वर्षको हुँदा नुहाउन छाडेका उनले ६० वर्षदेखि शरीरमा एक थोपा पनि पानी पर्न दिएका छैनन् । नुहाएमा आफू विरामी पर्ने उनको दावी छ ।

उनी आफ्नो खाना र पिउने पानी पनि कहिल्यै सफा राख्दैनन् । उनी जनावरका सडेगलेका मासु खाने गर्छन् भने पानी पनि फोहर नै पिउँछन् । जब उनको कपाल लामो हुन्छ उनी काट्नुको साटो जलाउँछन् । उनको शरीरमा बश्त्र पनि कहिल्यै सफा हुँदैन । चिसोबाट बच्न भने उनी हेलमेट लगाउँछन् । तर, पनि उनलाई आफ्नो अनुहार सुन्दर लाग्छ ।

३८ वर्षसम्म ननुहाएर विश्वमा सवैभन्दा लामो समयसम्म ननुहाएको कीर्तिमान भारतका ६६ वर्षका कैलाश सिंहको नाममा छ । तर, कैलाशको कीर्तिमान आफूले धेरै अघि तोडेको हाजीको दावी छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ११ : ५५ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,