दशगजामा अलपत्र परेकालाई उद्धार गर्दै सुरक्षा निकाय | Khabarhub Khabarhub

दशगजामा अलपत्र परेकालाई उद्धार गर्दै सुरक्षा निकाय


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- नेपाल-भारत दशगजा क्षेत्रमा भारतका विभिन्न स्थानबाट आइ अलपत्र परेका नेपालीहरुको उद्धारमा सुरक्षा निकाय खटिएका छन् ।

ती दुई सुरक्षा निकायले रातिको समयमा पनि स्थानीय तहसितको समन्वयमा सेवा गरिराखेका छन् । पछिल्लो समय कञ्चनपुरको माहाकाली नगरपालिकाबाट भारतका विभिन्न क्षेत्रबाट आएका नेपालीहरु अवैध रुपमा नेपाल प्रदेश गर्ने क्रम बढिरहेको छ ।

‘बितेको एक हप्तामा करिब ५/६ सयको हाराहारीमा नेपालीहरुलाई यहाँ ल्याएर स्वास्थ्य जाँच र क्वारेन्टिन राख्ने काम भयो ।’ कोभिड-१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले भने-‘आज मात्रै डेढ सय जना जतिको र्‍यापिट टेष्ट हुदैछ ।’

उनले दोधारा चादँनी सीमा क्षेत्रमै पुगेर पीसीआर जाँचका लागि ९५ जनाको स्वाब लिइएको जानकारी दिए । ‘स्वाब लिएर धनगढी परीक्षणका लागि पठाउने काम हुदैछ,’ उनले भने, ‘३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले दोधारा चादँनीको सीमा क्षेत्रबाट २७८ जना नेपालीहरुको उद्धार गरी भीमदत्तनगरस्थित बैजनाथ स्कूलको क्वारेन्टिनमा राखिएको जानकारी दिए।

‘सीमामा फेरी एक सय जना भन्दा बढी जम्मा भइसकेको खबर आएको छ ।’ उनले भने-‘कोरोना परीक्षण गरेर सम्वन्धीत पालिका पठाउने काम हुन्छ ।’

यसअघि पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमावर्ती भारतीय बजारको क्वारेन्टिनका ४५ दिन बसेका २४२ जना नेपाली नागरिकहरुलाई उद्धार गरी ल्याएको थियो । उनीहरुलाई र्‍यापिट टेष्ट गरेर नेगेटिभ आएपछि सम्वन्धित गाउँपालिका पठाइएको थियो ।

दशगजामा अलपत्र यात्रुहरुलाई केही दिनयता माहाकाली नगरपालिकाले आवश्यक व्यवस्था गर्दै आएको छ ।

त्यसैगरी भीमदत्तनगरपालिकाले भारतबाट आउने नागरिकहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन यहाँका स्कूलहरुमा त्यसको प्रवन्ध मिलाइरहेको जनाएको छ ।

भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले दशगजाभित्र आइसकेकाहरुलाई उद्धार गरी क्वारेन्टिनमा राख्ने विषयमा आफूहरु पहल गरिरहेको जानकारी दिए ।

‘दशगजामै नागरिकहरु अलपत्र परेर भोकै बस्ने स्थिति आउन थालेपछि हामीले त्यहाँबाट क्रमिक रुपमा उद्धार गरी स्वास्थ्य परीक्षणपछि सम्वन्धित पालिका पठाउने कुरामा समन्वय गरिरहेका छौं ।’ उनले भने-‘पछिल्लो समय दोधारा चादँनीदेखि ब्रह्मदेव क्षेत्रबाट आउने क्रम रोकिएको छैन ।’

भीमदत्तनगरपालिकाले नगरपालिकाका १९ वटै वडाका सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाउन गृहकार्य समेत गरिरहेको उनले बताए ।

‘दशगजाबाट ल्याएर परीक्षण नहुँदासम्मका लागि क्वारेन्टिनमा राख्ने प्रवन्ध मिलाएका छौं,’ उनले भने-‘भीमदत्तनगरपालिकाका बाहिरबाट आएका नागरिकहरुले पुर्ण रुपमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ ।’

उनले क्वारेन्टिन व्यवस्थापन र खानपिनको व्यवस्थाका लागि नगरपालिका र वडा कार्यालयले आर्थिक व्यवस्थापन गरिरहेको बताए ।

‘समस्या परेमा प्रदेश र संघ सरकारसित पनि गुहार माग्छौं ।’ उनले भने-‘अलपत्र नागरिकलाई सम्वन्धित पालिकाले आ-आफ्नै क्षेत्रको क्वारेन्टिनमा राख्नु नै उत्तम विकल्प हुनेछ ।’

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  १२ : २८ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका