मदिराले मातेर आफैँ घरमा आगो लगाएपछि ..‍. « Khabarhub

मदिराले मातेर आफैँ घरमा आगो लगाएपछि ..‍.


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बडिगाड गाउँपलिकाको वडा नं २ सिमलचौरका शिव भनिने सुरजबहादुर कुमालले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् । ज्याला मजदुरीमा धानिएको परिवार घर र गोठ जलेर नष्ट भएपछि परिवारको बिचल्ली भएको छ ।

बुधबार राति ९ बजेपछि प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । गोठमा बाँधिएका पशु भने फुकाइएको थियो । घरगोठ जल्दा दुई लाख ४५ हजारबराबरको क्षति भएको खर्बाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले जानकारी दिए ।

घरधनी सुरजले रातिको समयमा मदिरा सेवन गरी श्रीमती राधिका र छोराछोरीलाई पिट्न थालेपछि उनीहरु भागेका थिए । त्यही सयममा कुमालले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ । श्रीमानले आफूहरुलाई कुट्न थालेपछि छोराछोरी लिएर ज्यान बचाउन छिमेकीको घरमा पुगेका बेला श्रीमानले आफ्नै घरमा आगो लगाएको पीडित राधिकाले बताइन ।

श्रीमानले अत्यधिक मदिरा सेवन गर्दै आएका कारण आफू समस्यामा पर्दै आएको उनको गुनासो छ । घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानीयवासीले घरभित्रैबाट निकालेका थिए । आगो नियन्त्रणमा आएपछि प्रहरीले सुरजलाई नियन्त्रणमा लिई प्रहरीचौकी खर्बाङमा राखेको छ ।

खरको छानो विस्थापित गरी टिनको छाना लगाउने गरी तयार गरिएका सबै काठसहित सिङ्गो घर गोठ नै जलेपछि परिवार बिचल्लीमा परेको छ । परिवारमा श्रीमान श्रीमतीसहित तीन छोरा र एक छोरी छन् । बन्दाबन्दीको समयमा घर गोठ जल्दा खाने बस्नेको समस्या भएको छ ।

घर जलेपछि छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्बाङले त्रिपाललगायतका अत्यावश्यक वस्तु सहयोग गर्ने सभापति होमनाथ अर्यालले जानकारी दिए । आगलागीपीडित कुमालको परिवारलाई गाउँपालिकाले समेत राहत प्रदान गर्ने बडिगाड गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  १ : २६ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै