नेपालीलाई अपमान गरेको भन्दै अनुष्का शर्मालाई ‘लिगल नोटिस’ « Khabarhub

नेपालीलाई अपमान गरेको भन्दै अनुष्का शर्मालाई ‘लिगल नोटिस’


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालीलाई अपमान गरेको भन्दै बलिउड अभिनेत्री अनुष्का शर्मालाई ‘लिगल नोटिस’ पठाइएको छ ।

शर्माद्वारा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलालाई आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै कानुनी पत्र (लिगल नोटिस) पठाइएको हो ।

कुनै निश्चित समुदायमाथि प्रयोग गरिएको गालीकै कारण गत सोमबार अनुष्कालाई कानुनी पत्र पठाइएको जुमटिभी इन्टरटेन्टमेन्टमा उल्लेख गरेको छ ।

कोभिड–१९ को संकटबीच निःशुल्क कानुनी सल्लाह प्रदान गर्न गठन गरिएको लयर्स गिल्डका सदस्य विरेन श्री गुरुङले अनुष्कालाई उक्त नोटिस पठाएका हुन् ।

गुरुङले सिरिजको दोस्रो श्रृङ्खलामा प्रयोग गरिएको शब्दले सम्पूर्ण नेपाली समुदायको अपमान गरेको बताएका छन् । ‘त्यहाँ एउटा दृश्य छ, जहाँ महिला प्रहरीले नेपाली पात्रलाई केरकार गर्ने क्रममा जातिवादी गाली प्रयोग गर्छिन् । जुन सिरिजको दोस्रो शृङ्खलामा देखाइएको छ, त्यो पूरा नेपाली समुदायको लागि अपमानजनक छ,’ गुरुङले द क्विन्टसँग भनेका छन्, ‘नेपाली शब्द प्रयोग नभएको भए केही समस्या हुुन्थेन । तर त्यस्तो अस्वीकार्य शब्द त्यहाँ प्रयोग गरिएको छ । त्यसैले सिरिजकी निर्मात्री अनुष्का शर्मालाई हामीले नोटिस पठाएका हौं ।’

गुरुङले अनुष्काले उक्त पत्रको जवाफ दिनुपर्ने बताउँदै यसो नभएमा ओटीटी प्लेटफर्म र यसमा संलग्नविरुद्ध पनि कानुनी लडाइँमा जाने बताएका छन् ।

यस्तै, अरुणाञ्‍चलको गोर्खा समाजले पनि यो श्रृखंलाले गोर्खा समुदायको अपमान गरेको भन्दै भारतको मानवअधिकार आयोगमा उजुरी दिएको छ । गोर्खा एसोसियसन इन अरुणाञ्चलले निर्मात्री अनुष्का शर्माले माफी माग्नुपर्ने भन्दै यो श्रृखंलाको प्रसारण बन्द गराउन माग गरेको छ ।

अमाजोन प्राइम भिडियोको ‘पाताल लोक’मा जयदीप अहलावत, गुल पनाग, नीरज काबी, अभिषेक बनर्जी र स्वस्तिका मुखर्जीको मुख्य भूमिका छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  २ : ४९ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको