कुहिएको चामल आपूर्ति गर्नेलाई कारवाही | Khabarhub Khabarhub

कुहिएको चामल आपूर्ति गर्नेलाई कारवाही


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- धनगढी उपमहानगरपालिकाले राहतमा कुहिएको चामल आपूर्ति गर्नेलाई कालोसूचीमा राखेर कानूनी कारवाही गर्ने निर्णय गरेको छ ।

खरिद गरेर वितरणका लागि वडाहरूमा पठाएको चामल कुहिएको र किरा परेको भेटिएपछि आपूर्तिकर्ता धनगढीको ठाकुर ट्रेड लिङ्कलाई कालोसूचीमा राखेर कानूनी कारवाही गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले रु २ करोड ६१ लाखमा ३ हजार ३०० क्वीन्टल चामल, ८०० क्वीन्टल दाल लगायतका खाद्यान्न सामग्री खरिदका लागि ठाकुर ट्रेड लिङ्कसँग ठेक्का सम्झौता गरेको थियो । ठाकुर ट्रेड लिङ्कले पछिल्लोपटक उपलब्ध गराएको चामल कुहिएको र किरा परेको भेटिएपछि सम्झौता रद्द गरेर कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको उपमहानगरपालिका प्रवक्ता सन्तोष मुडभरीले बताए ।

उनले कुहिएको तथा किरा परेको राहत चामलबारे छानबिन गर्न उपमहानगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा नगर कार्यपालिकाको बैठकले आपूर्तिकर्ता ठाकुर ट्रेड लिङ्कमाथि कानूनी कारवाही गर्ने निर्णय गरेको बताए ।

दोस्रो चरणमा वितरण गरेको राहत चामलबारे जनस्तरबाट व्यापक गुनासो आएपछि उपमहानगरपालिकाले वडा नं १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्व पाँच सदस्यीय छानबिन समितिसमेत गठन गरेको थियो ।

उपमहानगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकमा समितिले आपूर्तिकर्ता ठाकुर ट्रेड लिङ्कबाट गलत कार्य भएको ठहरसहित आफ्नो प्रतिवेदन पेश गरेको थियो । समितिको प्रतिवेदनका आधारमा बैठकले ठाकुर ट्रेड लिङ्कलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ को (ग) बमोजिम कालोसूचीमा राख्नुपर्ने आधार र कारण प्रस्ताव गरी आपूर्तिकर्तालाई सुनुवाइको मौका प्रदान गरी कानूनबमोजिम कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय भएको प्रवक्ता मुडभरीले जानकारी दिए।

यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गुणस्तरहीन वस्तु वा सेवा प्रदान गरेबाफत ठाकुर ट्रेड लिङ्कलाई रु २ लाख जरिवाना गरिसकेको छ । स्थानीयवासीले कुहिएको चामल दिइएको भन्दै फिर्ता गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसहितको बजार अनुगमन टोलीले धनगढी उपमहानगरपालिका-४ शिवपुरीस्थित गोदाममा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा गोदाममा समेत कुहिएको र किरा परेको चामल भेटिएपछि आपूर्तिकर्तालाई कारवाही गर्न सिफारिस गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरले उपमहानगरपालिकाले आपूर्तिकर्तासँग गरेको सम्झौतालगायतका कागजात नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइसकेको छ । उपमहानगरपालिकाले वडा नं १, २, ४, ५ र १२ मा राहत चामल वितरण गर्दा कुहिएको र किरा परेको भेटिएको थियो । ठाकुर ट्रेड लिङ्कले उपमहानगरपालिकालाई हालसम्म तीन लाख ३० हजार ७४० किलोग्राम चामल उपलब्ध गराइसकेको छ । त्यसमध्ये २० हजार १० किलोग्राम चामल कुहिएको र किरा परेको भेटिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ३ : २१ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका