जाजरकोटको कुशेमा सडक क्रान्ति : गाउँगाउँमा पुग्यो सडक | Khabarhub Khabarhub

जाजरकोटको कुशेमा सडक क्रान्ति : गाउँगाउँमा पुग्यो सडक


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- कुशे गाउँपालिकाले ग्रामीण सडक निर्माणलाई तीव्रता दिएको छ ।

गाउँपालिकाले अधिकांश बजेट सडक निर्माणमा लगाएर १२ वटा ग्रामीण सडक निर्माणलाई तीव्रता दिएको हो । “सडक निर्माण नै यहाँको पहिलो प्राथमिकता हो”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले भने, “अहिले यहाँको अधिकांश सडकको ट्याक खोलिसकेको छ ।” उनका अनुसार जुम्लासँग सिमाना जोडिएको कुशे गाउँपालिकामा जाजरकोट–जुम्ला सडक यही गाउँपालिका भएर जान्छ । सदरमुकाम रहेको भेरी नगरपालिकासँग समेत कुशे जोडिएको छ ।

उपल्लो भूभागमा हिमाल र तल्लो भागमा खेतीयोग्य जमिन रहेको कुशे गाउँपालिकाले टापुचौर–सौरेर्नी सडक, साँदी बिसौना–भार्मा सडक, तारेचौर–साधलाग्नी सडक, एक्ले खेत–थर्पू सडक, गाड समाइला–हाँनी सल्ला सडक र वडा नं ७ गमौरी सडक निर्माण कार्यलाई तीव्र पारेको छ । त्यस्तै साँदी बिसौना–जरगाउँ सडक, दम्दाला–बाटुल्ले कृषि सडक, डाँडाखेत वडा नं ९ कार्यालय ग्रामीण सडक र डाँडाखेत वडा नं ९ सडक निर्माण कार्य जारी रहेका छन् भने प्रदेश सरकारको सहयोगमा काफलपाटादेखि धाउनी सडकको निर्माण पनि जारी रहेको गाउँपालिकाले जनाएको छ ।

निर्माण भएका अधिकांश कच्ची सडकमा यातायातका साधन सञ्चालनमा आएको अधिकृत गिरीले जानकारी दिए । अधिकांश कच्ची सडक निर्माण सम्पन्न भएकाले यातायात साधनसमेत सञ्चालन आएको र अर्को वर्षदेखि सबै सडकलाई स्तरोन्नतिको काम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । सडक निर्माण कार्य जारी रहेसँगै गाउँ गाउँमा बजारीकरणको अभ्याससमेत शुरु भएको छ ।

पाँच ठाउँमा रहेका बजारमा स्तरोन्नति भएको छ । कुशे गाउँपालिका–पाँचकाटिया, बाटुल्लेचौर, सादी बिसौना, वडा नं १ को तारेचौर र वडा नं २ को टापुचौरको बजारबाट कपडा, खाद्य वस्तु तथा कृषि उपजका सामग्रीको आयात र निर्यातसमेत हुँदै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र रहेका २० वटा सानाठूला खोलामा झोलोङ्गे पुल निर्माण गरिएको छ ।

पुल निर्माण भएसँगै एक ठाउँबाट अर्को ठाउँमा जानका लागि सहज भएको गाउँपालिकाले जनाएको छ । सडक निर्माणसँगै विभिन्न नयाँ व्यवसाय गरेर आम्दानी गर्ने व्यवसायीसमेत थपिएका गाउँपालिकाले जनाएको छ ।

३३ वटा नयाँ व्यवसाय गरेर आम्दानीको स्रोत बनाई अर्थ उपार्जन गरिरहेको अधिकृत गिरीले जानकारी दिए । सडकले छोएसँगै यहाँ उत्पादन हुने आलु, सुन्तला, तोरी र अलैँची बजारसम्म पुर्‍याउन सहज भएको छ । गाउँपालिकाको कृषि शाखाका धीरेन्द्र बस्नेतका अनुसार यहाँबाट २५० टनको हाराहारीमा आलु, ३०० टन सुन्तला, २५० मुरी तोरी, एक टन अलैँची उत्पादन भई बजारसम्म जाने गरेको छ ।

पाँचकाटिय, बाटुलल्ले, टापूचौर, घरङ्गा र भार्मामा होटल सञ्चालनमा आएका छन् । कच्ची सडक निर्माणसँगै प्रहरीलाई तोकिएको ठाउँमा पुग्न सजिलो भएको बताएको छ । सडक पहुँच भएसँगै सुरक्षित सुत्केरी हुनेको दरसमेत बढेको पाइएको छ । असुरक्षित सुत्केरी हुने दर घटेको छ । पाँच ठाउँमा रहेका स्वास्थ्य चौकीको स्तरोन्तिका साथै नयाँ ठाउँमा स्वास्थ्यकर्मीसमेत परिचालन गरिएको छ ।

कस्तो छ कुशे गाउँपालिका ?

समुद्री सतहबाट एक हजार ७५ मिटर उचाइदेखि शुरु भएको यो गाउँपालिकामा चार हजार ३८८ मिटर उचाइमा कुशे पाटन पर्दछ । गाउँपालिका अन्तर्गतका सरुगाड र चैयागाड दुई ठूला जलाधारको प्रमुख स्रोतसमेत कुशे पाटन रहेका छन् ।

महत्वपूर्ण विभिन्न प्रजातिका जडीबुटी, बहुमूल्य रत्नपत्थर र काइनाइट टुरमालिन पाइने यस क्षेत्रमा कुशे पाटनको फेदीमा विश्वको दुर्लभ रेडपाण्डाको वासस्थान रहेको छ । जिल्लाकै सामरिक महत्व बोकेको जुम्ला र जाजरकोटको सीमाका रुपमा रहेको कुशे पाटन भएकाले नै कुशे पाटनको नामबाट गाउँपालिकाको नाम पनि कुशे गाउँपालिका राखिएको छ ।

फलफूल उत्पादनको पकेट क्षेत्रका रूपमा लिइएको यो गाउँपालिकाको साविकको ढिमे गाविसमा सुन्तला र आलुको व्यावसायिक खेती गरिन्छ भने साविकको टालेगाउँ र अर्छानी गाविसमा काइनाइट र टुर्मालिनजस्ता खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ । बीस हजार ६२१ कूल जनसङ्ख्या रहेको यो गाउँपालिकाको कूल क्षेत्रफल २७३.९७ वर्ग किलोमिटर रहेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ३ : ४३ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न