कोरोना संक्रमितको उपचार गर्न पोखरामा नौ श्ययाको आइसियु तयारी हुँदै | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचार गर्न पोखरामा नौ श्ययाको आइसियु तयारी हुँदै


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – कोभिड–१९ का बिरामीको उपचार गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नौ श्ययाको सघन उपचार कक्ष (आइसियु) तयार गरिने भएको छ । सो अस्पताललाई ‘डेडिकेटेड अस्पताल’ तोकिएको छ ।

पछिल्ला दिन कोरोनाको जोखिम बढेसँगै अस्पतालमा सम्भावित गम्भीर अवस्थाका बिरामीको उपचारलाई लक्ष्यित गरी विशेष सुविधासहितको कोभिड उपचारमैत्री श्यया निर्माण भइरहेको जनाइएको छ ।

अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले गम्भीर अवस्थाका बिरामीको उपचारका लागि तीन÷चार दिनभित्रमा सुविधासम्पन्न आइसियु तयार हुने जानकारी दिए ।

आइसियुको हाल रहेको ११ श्यया क्षमताबाट घटाएर सहज उपचारका लागि नौ श्ययामा सीमित गर्न लागिएको छ । अस्पतालले रु २० लाख लागतमा विशेषखालको उपचार कक्ष निर्माण गरिरहेको जनाएको छ ।

सरकारले सो अस्पताललाई कोभिड–१९ को उपचारका लागि ‘डेडिकेटेड अस्पताल’ तोकेको छ । ‘लेबल एक’ र ‘लेबल दुई’ दुवैको उपचारका लागि अस्पताललाई तोकिएको हो ।

त्यसैगरी हालको मेडिकल वार्डमा समेत २५ श्यया कोरोनाका बिरामीको उपचारका लागि तयार गर्न लागिएको अस्पतालले जनाएको छ । आवश्यकतानुसार सो कक्षमा श्यया विस्तार गर्न सकिने उनले बताए ।

“तत्काल कोरोनाका बिरामीलाई आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ । गम्भीर अवस्थाका बिरामीका लागि केही दिनमा नै आइसियु र मेडिकल वार्डमा उपचारको प्रबन्ध गरिने छ, अहिले त्यसको काम भइरहेको छ”, उनले भने ।

कोभिड–१९ पुष्टि भएका गम्भीर अवस्थाका बिरामी दुईजनासम्मलाई आइसोलेशनमा उपचारका लागि दुई श्यया तयारी अवस्थामा रहेको बताइन्छ ।

डेडिकेटेड अस्पताल तोकिएको गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालमा १० श्ययाको आइसोलेशन यसअघि नै तयारी अवस्थामा छ ।

सरकारले आवश्यक स्वास्थ्य सामग्री, उपकरण तथा आइसियु व्यवस्थापनका लागि अस्पताललाई रु ६ करोड बजेट पठाएको थियो ।

लेबल एक कोभिड अस्पतालले सामान्य केस व्यवस्थापन आफैँ गर्नुपर्छ भने बाहिरबाट आएका र अस्पतालमा पहिचान भएका बिरामीलाई प्रोटोकलअनुसार आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने उल्लेख छ ।

लेबल दुई कोभिड अस्पतालले मध्यम, जटिल र अति जटिल केस व्यवस्थापन गर्नुपर्ने हुन्छ । बाहिरबाट आएका र अस्पतालमै पहिचान भएका मध्यम, जटिल साथै अति जटिल बिरामीलाई आइसियु केयरमा उपचार गर्नुपर्ने सरकारले जारी गरेको उपचार निर्देशिकामा उल्लेख छ ।

कोरोनाका बिरामीको उपचारका लागि प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा गरी २८३ आइसोलेशन श्यया तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

जिल्लामा पुष्टि भएका बिरामीको उपचार सम्बन्धित जिल्लामा गर्ने गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम, अस्पतालमा उपकरण तथा स्वास्थ्य सामग्री व्यवस्थापनको काम गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ३ : ५५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम