संक्रमितको मृत्यु भएको ८ घण्टापछि स्वास्थ्य मन्त्रालयले गर्‍यो पुष्टि « Khabarhub

संक्रमितको मृत्यु भएको ८ घण्टापछि स्वास्थ्य मन्त्रालयले गर्‍यो पुष्टि


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको ८ घण्टापछि स्वास्थ्य मन्त्रालयले उनको मृत्यु भएको पुष्टि गरेको छ ।

गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषलाई क्रिमसन अस्पतालले बिहान ७ : १० बजे नै मृत घोषणा गरिसकेको भएपनि स्वास्थ्य मन्त्रालयले भने अस्पतालले मृत घोषणा गरेको ८ घण्टापनि उनको मृत्यु भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मन्त्रालयको नियमित लाइभ अपडेटमा बोल्दै उनको मृत्यु भएका बताए ।

“एउटा फेरि दुखद खबर छ, रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटर सहितको उपचारमा रहनुभएका मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको आज विहान निधन भएको खबर प्राप्त भएको छ,’ प्रवक्ता डा देवकोटाले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौं र सोकसन्तप्त परिवार प्रति गहिरो सम्बेदाना पनि व्यक्ति गर्न चाहन्छौं, उहाँ कोभिड १९ पोजेटिभ हुनुहुन्थ्यो ।”

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ५ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार