संक्रमितको मृत्यु भएको ८ घण्टापछि स्वास्थ्य मन्त्रालयले गर्‍यो पुष्टि « Khabarhub

संक्रमितको मृत्यु भएको ८ घण्टापछि स्वास्थ्य मन्त्रालयले गर्‍यो पुष्टि


८ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको ८ घण्टापछि स्वास्थ्य मन्त्रालयले उनको मृत्यु भएको पुष्टि गरेको छ ।

गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषलाई क्रिमसन अस्पतालले बिहान ७ : १० बजे नै मृत घोषणा गरिसकेको भएपनि स्वास्थ्य मन्त्रालयले भने अस्पतालले मृत घोषणा गरेको ८ घण्टापनि उनको मृत्यु भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मन्त्रालयको नियमित लाइभ अपडेटमा बोल्दै उनको मृत्यु भएका बताए ।

“एउटा फेरि दुखद खबर छ, रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटर सहितको उपचारमा रहनुभएका मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको आज विहान निधन भएको खबर प्राप्त भएको छ,’ प्रवक्ता डा देवकोटाले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौं र सोकसन्तप्त परिवार प्रति गहिरो सम्बेदाना पनि व्यक्ति गर्न चाहन्छौं, उहाँ कोभिड १९ पोजेटिभ हुनुहुन्थ्यो ।”

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ५ : १८ बजे

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा