नेपालमा हालसम्म ४९ जना कोरोना संक्रमित निको भएर घर फर्किए « Khabarhub

नेपालमा हालसम्म ४९ जना कोरोना संक्रमित निको भएर घर फर्किए


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा ४ सय ५३ कोरोना संक्रमितमध्ये हालसम्म ४९ जना निको भएर घर फर्किएका छन् ।

विहीबार काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किएसँगै निको हुनेको संख्या ४९ पुगेको हो ।

निको हुनेमा दुई महिला तथा दुई पुरुष हुनुहुन्छ । नवौँ दिनको बसाइपछि उनीहरुलाई आज अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

डिस्चार्ज हुनेमा २३ वर्षीया महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीया महिला र २७ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी आज झापामा आठ र रुपन्देहीमा एक गरी नयाँ थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार झापाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेकाका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षको गरी आठ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको हो । यससँगै कूल सङ्क्रमितको सङ्ख्या ४५३ पुगेको छ भने ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको आज बिहान मृत्यु  भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको हो । यसअघि सिन्धुपाल्चोककी महिला र बाँकेका पुरुषको निधन भएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ५ : ४९ बजे

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री