नेपालमा हालसम्म ४९ जना कोरोना संक्रमित निको भएर घर फर्किए | Khabarhub Khabarhub

नेपालमा हालसम्म ४९ जना कोरोना संक्रमित निको भएर घर फर्किए


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा ४ सय ५३ कोरोना संक्रमितमध्ये हालसम्म ४९ जना निको भएर घर फर्किएका छन् ।

विहीबार काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किएसँगै निको हुनेको संख्या ४९ पुगेको हो ।

निको हुनेमा दुई महिला तथा दुई पुरुष हुनुहुन्छ । नवौँ दिनको बसाइपछि उनीहरुलाई आज अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

डिस्चार्ज हुनेमा २३ वर्षीया महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीया महिला र २७ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी आज झापामा आठ र रुपन्देहीमा एक गरी नयाँ थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार झापाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेकाका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षको गरी आठ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको हो । यससँगै कूल सङ्क्रमितको सङ्ख्या ४५३ पुगेको छ भने ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको आज बिहान मृत्यु  भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको हो । यसअघि सिन्धुपाल्चोककी महिला र बाँकेका पुरुषको निधन भएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ५ : ४९ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न