आयल निगमका १४६ कर्मचारीको पीसीआर विधिबाट कोरोना परीक्षण « Khabarhub

आयल निगमका १४६ कर्मचारीको पीसीआर विधिबाट कोरोना परीक्षण


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगममा कार्यरत १४६ कर्मचारीको कोरोना परीक्षण गरिएको छ ।

निगम सञ्चालक समिति, केन्द्रीय कार्यालय बबरमहल, टेकु कार्यालय, थानकोट डिपो र हवाइ इन्धन डिपो सिनामंगलमा कार्यरत अपरेटर कर्मचारीको पिसिआर विधिबाट परीक्षण गरिएको निगमले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गोपालचन्द्र राईले जानकारी दिए ।

उनका अनुसार विभिन्न नाका हुँदै पेट्रोलियम पदार्थ बोक्ने ट्रकका चालक तथा सहचालकसँग प्रत्यक्ष सम्पर्कमा आएर फ्रन्टलाइनमा कार्यरत कर्मचारीको परीक्षण गरिएको हो ।

आज काठमाडौँबाट शुरु भएको परीक्षण सातै प्रादेशिक कार्यालयमा छिट्टै सञ्चालन गरिनेछ । कर्मचारीको मनोबल वृद्धि गर्न निगम सञ्चालक समिति सदस्यको समेत परीक्षण गरिएको उनले जानकारी दिए ।

गत वैशाख अन्तिम साता बसेको निगम सञ्चालक समितिको बैठकको निर्णयानुसार निगममा कार्यरत सम्पूर्ण कर्मचारी (करार अस्थायी, दैनिक ज्यालादारी सहित) को रु एक लाख बराबरको कोरोना बिमा गरिसकिएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ६ : ०० बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज