नेपाल-भारत सीमा क्षेत्रमा तारबार लगाउन माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

नेपाल-भारत सीमा क्षेत्रमा तारबार लगाउन माग गर्दै सर्वोच्चमा रिट


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भारत सीमानामा तारबार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

नेपाल-भारत सीमा व्यवस्थापनका लागि राज्यले उचित कानुन बनाएर काँडे तार लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट परेको हो ।

आइतबार अधिवक्ता शालिकराम सापकोटा, नवल खड्का, गीता सापकोटा, सुवास विश्वकर्माले नेपाल- भारतबीचको १८८० किलोमिटर सीमाना रक्षा र संरक्षणका निम्ति चरणवद्ध रुपमा यसै अर्थिक वर्षदेखि तारजाली लगाउन सुरु गर्न सरकारको नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय, प्रतिनिधिसभा र राष्ट्रियसभा, कानून मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद लगायतलाई विपक्षी बनाइएको रिटमा सीमा सुरक्षा र संरक्षणका लागि उचित कानुन बनाउन र अन्य देश सरह अध्यागमन कानुन लागू गर्न माग गरिएको छ।

उक्त रिटको पेशी असार ९ का लागि तोकिएको छ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ८ : ४८ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ