प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो हार « Khabarhub

प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो हार


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो हार व्यहोरेको छ ।

शनिबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा आर्सनल २-१ गोल अन्तरले पराजित भएसँगै लगातार दोस्रो हार व्यहोर्न बाध्य भएको हो ।

यसअघि आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । ब्राइटनसँगको खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर  त्यो अग्रता ७ मिनेटभन्दा बढी टिक्न सकेन ।

खेलको ७५ औं मिनेटमा लेविस डुंकले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्ज्युरी समयमा निल मपेले गोल गर्दै ब्राइटनलाई २-१ को जीत दिलाए ।

यो हारसँगै आर्सनलले ३० खेलमा ४० अंक जोडेको छ । आर्सनल नवौं स्थानमा रहेको छ । ब्राइटन भने ३२ अंकसहित लिगको १५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : ५१ बजे

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं

नेप्से परिसूचक २३ अंकले बढ्यो

काठमाडौं– यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज

वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान

वीरगञ्ज– पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि

हर्क भन्छन् : रास्वपालाई चाहिए दुईतिहाइ पुर्‍याइदिन्छौँ, सरकारमा जाने म्यान्डेट छैन

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका लागि राम्रो काम