नागरिकता विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफल हुँदै  « Khabarhub

नागरिकता विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफल हुँदै 


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिकता विधेयकलाई अन्तिम रुप दिन संघीय संसदको राज्य व्यवस्था तथा शुसासन समितिको बैठक आज बस्दै छ ।

दिउँसो २ बजे बस्ने बैठकमा दुई वर्षदेखि अल्झिएको नागरिकता विधेयकलाई सकेसम्म सहमति र नभए प्रक्रियाद्धारा टुंगो लगाइने सांसदहरुले दाबी गरेका छन् ।

यस अघि हिजो सत्तारुढ नेकपाको सचिवालय बैठकले नेपालमा विवाह गरी आउने विदेशी महिलालाई ७ वर्षपछि सम्बन्धित देशको नागरिकता त्यागेको प्रमाण पेश गरेपछिमात्र अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो ।

सोही अनुसार समितिले निर्णय लिने बताइएको छ । तर, नेपाली कांग्रेस र मधेशवादी दलहरुले भने वर्तमान नागरिकता ऐन, २०६३ कै प्रावधान राख्नुपर्ने अडान राख्दै आएका छन् ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ३८ बजे

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति

कांग्रेस विशेष महाधिवेशन : राति २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन