कोरोनाविरुद्ध सामूहिक प्रयासको आवश्यकता : मुख्यमन्त्री गुरुङ « Khabarhub

कोरोनाविरुद्ध सामूहिक प्रयासको आवश्यकता : मुख्यमन्त्री गुरुङ


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सामूहिक प्रयासको आवश्यकता रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित रोटरी क्लब अफ पोखराद्वारा उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले कोरोना विरुद्ध आम सर्वसाधारण सचेत हुनुपर्ने बताए ।

उनले कोरोनाले पारेको असर न्यूनीकरण गर्न प्रत्येक व्यक्ति एवम् समुदाय आ–आफ्नो तर्फबाट लाग्नुपर्ने र यस विरुद्धको लडाइँमा सामूहिक सचेतता आवश्यक भएको बताए ।

कार्यक्रममा उनलाई रोटरी क्लब अफ पोखराका अध्यक्ष गोपाल ध्वजुले रोटरी इन्टरनेशनलमार्फत उपलब्ध गराइएका १० हजार थान माक्स, दुई हजार पाँच सय थान फेससिल, १० हजार ब्रुसर लगायतका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा रोटरी क्लब अफ डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर किरणलाल श्रेष्ठले कोभिड–१९ रोकथामका लागि क्लबले नेपालमा हालसम्म १७ करोड बराबरको स्वास्थ्य सामग्री र राहत उपलब्ध गराइसकेको जानकारी दिए ।

रोटरी क्लब अफ इन्टरनेशनले असारको दोस्रो हप्ताभित्र गण्डकी प्रदेशका लागि दुई थान पिसिआर परीक्षण मेशिन उपलब्ध गराउने तयारी भइरहेको उनले बताए । कार्यक्रममा रोटरी क्लब अफ पोखराका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १२ : ३८ बजे

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन

काठमाडौं–  नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा

रास्वपामा सम्मानजनक ठाउँ नपाए उज्यालो आफ्नै ढङ्गले अगाडि बढ्छ : डकेन्द्र थेगिम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल

कांग्रेसको दोस्रो विशेष महाधिवेशनअघि काठमाडौंमा जुलुसका लागि तोकियो ६ रुट

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले उद्घाटन सत्रअघि काठमाडौंमा

इन्टरनेट बन्द भएपनि इरानमा उग्र प्रदर्शन जारी

दुबई- इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा

दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला

कटारी– उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका