कोरोना जितेर घर फर्किए १४ वर्षे मिर्गौला रोगी बालक « Khabarhub

कोरोना जितेर घर फर्किए १४ वर्षे मिर्गौला रोगी बालक


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरी राजविराज नगरपालिका–१३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्कन सफल भएका छन् ।

भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा कोभिड–१९ को सङ्क्रमणमा पर्नुभएका उहाँ १२ दिनको आइसोलेशन केन्द्र बसाइपछि शनिबार साँझ डिस्चार्ज भएका हुन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको रिपोर्ट नेगेटिभ देखिएपछि उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए ।

बालकको ४० वर्षीया आमासमेतसँगै डिस्चार्ज भएका हुन । “बालकैमा मिर्गौला रोगी, त्यसमाथि कोरोनाको सङ्क्रमण सुनेर अत्तालिएकी थिए”, बालककी आमाले भनिन्, “उच्च मनोबलले ठूला रोग पनि परास्त हुने रहेछ ।”

जटिल खाले लक्षणबिना कोरोनामुक्त बालकले उच्च मनोबलले रोग परास्त हुने अनुभव सुनाए । बालक र आमालाई राजविराजस्थित क्वारेन्टिनमा बसेको १४ दिनपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो ।

दुवैको शुक्रबार पिसिआर परीक्षण गर्दा सङ्क्रमण देखिएन । शनिबार उहाँहरूसहित १४ जनालाई डिस्चार्ज गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा झाले भने ।

“म त बाल्यकालदेखि नै रोगी, त्यसमा कोरोना थपियो । चिन्ता मानेको भए परिणाम अर्को हन्थ्यो होला । कोरोनालाई जित्नै पर्दछ भन्ने मनमा अठोट गरेँ”, बालकले भने ।

डिस्चार्ज भएका अरु पनि भारतबाट आएका हुन् । सप्तरीमा हालसम्म ७१ जना निको भएर घर फर्किसकेका छन् । एक सय ५८ कोरोना भाइरसबाट सङ्क्रमित भएको सप्तरीमा १२ महिला छन् ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  २ : ३३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको