दुई घण्टाको काम दुई मिनेटमा ! | Khabarhub Khabarhub

दुई घण्टाको काम दुई मिनेटमा !


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीको नापी कार्यालयमा सेवाग्राहीको भीड घटेको छ । कार्यालयले गत फागुनमा सार्वजनिक गरेको मोबाइल एप्स सेवाग्राहीले प्रयोग गर्न थालेपछि सेवाग्राहीका भीड कम हुन थालेको प्रमुख नापी अधिकृत खिमलाल गौतमले जानकारी दिए ।

‘हामीले गत फागुनमा भूमि प्रशासनमा पारदर्शी र सेवग्राही मैत्री बनाउनका लागि ‘नापी पोखरा एसओकेपी’ एप्सको ल्याएका थियौँ, यसको प्रयोग बढ्दै गइरहेको छ, कोरोना सङ्क्रमणको अवस्थामा सेवाग्राहीले यसको प्रयोगबाट सेवा लिन थालेका छन् ।’

उनले सो एपबाट दैनिक सेवाहरु टोकन लिन, फारम भर्न, कित्ताकाट, हाल साबिक भिडाउन, नक्सा प्रिन्ट, नक्सा ट्रेस उतार, प्लट रजिष्ट्रार उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण जानकारी लिने काम एप्सबाट भएको बताए ।

विचौलियालाई रोक्न कार्यालयबाट सेवा लिन आवश्यक विभिन्न निवेदनका ढाँचाहरु एपमा उपलब्ध भएकाले सेवाग्राहीलाई सहज भएको उनको भनाइ छ ।

जग्गा प्रशासनको क्षेत्रमा पहिलोपटक शुरु गरिएको सो एप्सले अहिले कोरोना रोकथाममा भीडभाड नियन्त्रण साथै समयको बचत अनि विचौलियाको बिगबिगी रोक्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए । ‘नक्सा लिन दुई घण्टा लाग्ने काम अहिले दुई मिनेटमा हुन थालेको छ, सेवाग्राहीले ‘रिक्वेस्ट’ पठाएर टोकन लिनुहुन्छ, त्यहीअनुसार आफ्नो काम र समय तोकेर सेवा प्रवाह हुन्छ’, उनले यसबाट कर्मचारी र सेवाग्राही दुवै लाभान्वित भएको बताए ।

उन अनुसार नापी कार्यालयले बन्दाबन्दी खुकुलो भएपछि दुई सयभन्दा बढीलाई सेवा दिइसकेको छ भने अहिले आधाभन्दा बढी काम एप्सबाट हुने गरेको छ ।

कोभिड–१९ भन्दा अघि एप्सको प्रयोगाभ्यास त्यति हुन नसकेकामा अहिले एप्सको प्रयोग गर्ने बढ्न थालेका छन् । कार्यालयमा बन्दाबन्दी अघि दैनिक दुई सय सेवाग्राही आउने गरेको तथ्याङ्क छ ।

उनले बन्दाबन्दीमा पनि कार्यालय बन्द नगरी राष्ट्रिय योजनाका कामहरु आन्तरिक रुपमा गरिरहेको जानकारी दिए ।

एप्सबाट सेवा लिनुभएका पोखराको मेगा बैंकमा कार्यरत कर्मचारी बिमला गुरुङले छिटोछरिटो सेवाका लागि एप्स निकै प्रभावकारी भएको बताउनु । उनले भन्ने, ‘एप्सले कार्यालय गएर घण्टौँ कुरेर बस्नुपर्ने समय बचत भएको छ, अहिले झन् एप्सको प्रयोग उपयुक्त छ ।’

उनले अनलाइनमा ‘रिक्वेस्ट’ पठाएलगत्तै सम्पूर्ण विवरणसहितको जानकारी आउने र केही समस्या भएमा कार्यालयबाट फोन गरेर पनि जानकारी दिने गरेकाले सेवा निकै प्रभावकारी भएको बताए ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ३ : ०३ बजे

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेछ : मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको

नागढुङ्गा दुर्घटनाका घाइतेको एपीएफ अस्पतालमा उपचार

काठमाडौं–  काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना

सम्पादकहरूको विज्ञप्ति : प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक

काठमाडौँ – नेपालको प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले प्रहरी परिचालन गरेर पत्रकार

संसद् सचिवालयको सचिवमा दुराको बढुवा

काठमाडौं– सङ्घीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा

ग्वार्को फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न

काठमाडौं– ललितपुरको ग्वार्कोस्थित फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको