बाँकेमा कोरोनासँगै बाढीको कहर « Khabarhub

बाँकेमा कोरोनासँगै बाढीको कहर


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- कोरोनाको जोखिम कम नहुँदै बाँकेमा बाढीको कहर शुरु भएको छ । राप्ती नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा डुबानको खतरा बढेको छ ।

पहाडी भेगमा लगातार भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढेपछि यहाँको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको नदी नजीकका बस्ती डुबानको जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत गौरी बुढाथोकीले जानकारी दिइन ।

उनका अनुसार नदीमा बाढी आउनसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । शनिवार रातिसम्म नदीमा पानीको सतहले खतराको तह पार गरे पनि अहिले घटेको छ । यद्यपि वर्षा नरोकिएकाले राप्ती नदीको बाढी गाउँमा पस्न सक्ने जोखिम बढेको छ ।

बाढीको सूचना प्रवाह गर्न राप्तीसोनारी गाउँपालिकाको बाढी मापन गर्ने गरिएको छ । कुसुमबाट राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करीब ४ देखि ५ घण्टा समय लाग्ने भएकाले कुसुममा पानीको सतह पाँच मिटर पुग्ने बित्तिकै खतरास्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ ।

नदीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुग्ने बित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गर्छन् । भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग डुबानमा पर्दै आएको छ ।

नदीमा फसेका ११ को उद्धार

राप्ती नदीमा आएको बाढीका कारण अलपत्र परेका राप्तीसोनारीका ११ जनालाई गए राति उद्धार गरिएको छ । राप्तीसोनारी–२ गौशालामा फसेका ६ र ललहीमा फसेका पाँचजनाको चार घण्टापछि उद्धार गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

गोठाला गएका उनीहरु चार घण्टा नदीको बीच टापुमा फसेका थिए । उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले राति अबेर उद्धार गरेको हो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ७ : १९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति