नेपालमा मृत्यु भएका कोरोना संक्रमित दीर्घरोगका बिरामी पनि थिए : डा पाण्डे « Khabarhub

नेपालमा मृत्यु भएका कोरोना संक्रमित दीर्घरोगका बिरामी पनि थिए : डा पाण्डे


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हालसम्म मृत्यु भएका कोरोना संक्रमितहरुमध्ये अधिकांश विभिन्न किसिमको दीर्घरोगी समेत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले मृत्यु भएका २३ जना व्यक्तिहरुमा कोरोना संक्रमण बाहेक अन्य रोग समेत रहेको जानकारी दिएका हुन् ।

“आजसम्म मृत्यु भएकाको अवस्था हेर्दा मृत्यु भएका २३ मध्ये ४ जना महिला र बाँकी पुरुषहरु हुनुहुन्छ,” डा पाण्डेले भने, “उहाँहरुको मृत्यु कोभिड-१९ को कारणले मात्र नभएको  र उहाँहरुलाई अन्य दीर्घरोग कारण पनि भएको देखिन्छ ।”

डा पाण्डेका अनुसार मृत्यु भएका संक्रमितमध्ये धेरै जस्तोमा मिर्गौला र दमका रोग भएका व्यक्तिहरु हुन् । डा पाण्डेले ६ देखि ८ दिनमा कोरोना संक्रमितको केशको दर बढेको पनि बताए ।

उनले नेपालमा रहेका कोरोना संक्रमित ९५ प्रतिशत विदेशबाट आएका र ती मध्ये पनि भारतबाट आएका धेरै भएको बताए ।

महाशाखाले कन्ट्रयाक ट्रेसिङका लागि २० वटा टिम तयारी अवस्थामा रहेको र प्रत्येक प्रदेशमा ३ वटा टिम रहेको पनि डा पाण्डेले जानकारी दिए ।

यस्तै स्वास्थ्य मन्त्रालयले एक हजार ७५ कन्ट्रयाक ट्रेसिङको टिम स्थानीय तहमा गठन भएको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : ०९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको