कोरोनादेवी छैनन्, भ्रमको पछि लाग्दा झनै संक्रमण फैलने खतरा हुन्छ : डा. गौतम « Khabarhub

कोरोनादेवी छैनन्, भ्रमको पछि लाग्दा झनै संक्रमण फैलने खतरा हुन्छ : डा. गौतम


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोक्न देवी देवताको पूजाआजा गरेर नभइ सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले भगवान मानिससँग क्रोधित भएका कारणले कोरोना महामारी फैलिएको भन्ने भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

विभिन्न ठाउँमा महिलाहरुले कोरोनादेवी र कोरोना मैयाको पूजा गरेको जानकारीमा आएको भन्दै त्यसो नगर्न आग्रह गरेका हुन् ।

उनले कोरोना फैलनुअघि कहिले पनि कोरोनादेवीको नाम नसुनिएको र अहिले नयाँ देवीको आविष्कार भएको भन्ने भ्रमकाे आधारमा नदी किनारमा भेला भएर र विभिन्न धार्मिक समारोह आयोजना गरेर पूजा आज भइरहेको सुन्नमा आएको हुँदा यसले कोरोना भाइरसको जोखिम फैलने खतरा रहेको समेत बताए ।

सरकारले मानिस जम्मा हुन प्रतिबन्ध लगाएको अवस्थामा देवी देवताले कोरोना भगाउँछन् भन्दै जमघट हुँदा झनै कोरोना फैलन सक्नेतर्फ उनले सचेत गराए ।

उनले भने, ‘यस्ता अन्धविश्‍वासले हामीलाई झनै समस्यामा पार्छ। मानिसहरुलाई समूह जम्मा हुन प्रतिबन्ध गरिएको छ’, उनले भने, ‘समूह र भिड जम्मा हुँदा संक्रमण बढ्ने झनै खतरा हुन्छ। एक व्यक्तिलाई संक्रमण हुँदा सबैलाई सर्ने भएकाले अबदेखि यस्तो गतिविधि नगर्नू’, उनले भने, ‘कुनै देवी देउताका कारणले यो रोग भएको होइन। देवी देवताको पूजा गरेर कोरोना निको हुँदैन।’

गौतमले अहिलेसम्म कोरोनाको दबाई पनि नभएको बताए। उनले अहिलेसम्म कोरोनाको दबाइ नबनेको र संसारभरका वैज्ञानिकहरुले अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : २६ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको