मुलुकको अवस्थाबारे सूक्ष्म अध्ययन गरी सुरक्षा रणनीति तयार गर्नुस् : प्रधानसेनापति थापा « Khabarhub

मुलुकको अवस्थाबारे सूक्ष्म अध्ययन गरी सुरक्षा रणनीति तयार गर्नुस् : प्रधानसेनापति थापा


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको पछिल्लो अवस्थाबारे सुक्ष्म अध्ययन गरेर सुरक्षा रणनीति तयार गर्न पृतनापतिहरुलाई निर्देशन दिएका छन्।

भद्रकालीस्थित जंगी अड्डामा आयोजित दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ को आइतबार समापन गर्दै प्रधानसेनापति थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षामा पार्ने प्रतिकूल प्रभावबारे अध्ययन गरेर रणनीति तयार गर्न निर्देशन दिएका हुन्।

बैठकमा भारतबीच गलवान उपत्यकामा भएको भिडन्तपछि दुई देशबीच उत्पन्न भइरहेको र हुनसक्ने तनावले नेपालको सुरक्षामा पार्ने प्रभावका विषयमा सेनाका जर्नेलहरूबीच छलफल भएको जनाइएको छ ।

नियमित रुपमा आयोजना हुने समन्वयात्मक बैठकमा जंगी अड्डास्थित विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्यप्रगति विवरण र समिक्षा, कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण कार्यमा नेपाली सेनाले निर्वाह गर्दै गरेको भूमिका, राष्ट्रिय सुरक्षा वातावरणको समिक्षा तथा भविष्यमा आउन सक्ने चुनौती र सुझाव प्रस्तुत गरेका थिए।

बैठकमा रथीहरु, सबै पृतना हेडक्वाटरका पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकामा रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत उपस्थिति थियो ।

यस किसिमको समन्वयात्मक बैठकले र सहभागीहरुबाट प्राप्त महत्त्वपूर्ण राय सुझावहरुले नेपाली सेनाको आगामी कार्यदिशा तय गर्न र योजना निर्माणमा समेत महत्त्वपूर्ण योगदान पुग्ने नेपाली सेनाले जनाएको छ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ८ : ३० बजे

मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले भने-  ‘एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको