सप्तकोशी नदीको बहाव वर्षकै उच्च, कोशी ब्यारेजका ४६ ढोका खोलियो « Khabarhub

सप्तकोशी नदीको बहाव वर्षकै उच्च, कोशी ब्यारेजका ४६ ढोका खोलियो


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सप्तकोशी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ ।

मंगलबार बिहानबाट बाढी उर्लिएपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । बिहान ६ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो ।

कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार भएको मानिने गरेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेकाले बुधबार विहानसम्म सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ ।

बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् भने मध्यकोसीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ ।

यसअघिकै बाढीमा स्थानीय तहले गोबरगाढाका बासिन्दाहरुलाई टापुबाट निकाल्ने प्रयास गरे पनि स्थानीयहरु निस्कन मानेका छैनन् । कोशीमा अत्याधिक बहाव भएसँगै बस्तीका घर घरमा पानी पसेको छ ।

बहाव ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ८ : २४ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको