देशभरका दुई दर्जन बढी सडक अवरुद्ध | Khabarhub Khabarhub

देशभरका दुई दर्जन बढी सडक अवरुद्ध

कहाँ कहाँ अवरुद्ध छन् ? कुन कुन सडक सुचारु ?



काठमाडौं- भारी वर्षाका कारण देशभरका साना-ठूला गरी दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षाले बाढी पहिरो जादा धेरैजसो ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध भएका हुन् ।

नदीमा पानीको बहाव बढी भई सडक भासिने, ठुलो पहिरो झर्ने र ढुंगा खस्ने, डाइभर्सन नदीको बाढीले बगाउने, सडकमाथिबाट पहिरो आइ बेलिब्रेज नदीले बगाउने लगायतका समस्याका कारण अहिले विभिन्न सडकहरु अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

यद्यपी अवरुद्ध भएका सडकको निरीक्षण भइरहेको र कतिपय सडकहरु अवरोध खुल्न लाग्ने अनुमानित समय वर्षामै निर्भर रहने विभागका प्रवक्ता शिवहरी सापकोटाले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागले नेपालमा बिहीबारसम्मभारी वर्षा हुने पुर्वानुमान गरेको छ ।

पहिरोले अवरुद्ध भएका सडक

बाढी पहिरोका कारण अरनिको राजमार्ग अन्र्तगत चेनेज ८८ किमिदेखि ८ सय किमिसम्मको खुर्सानी बारी सडकमा १ सय ५० मिटर सडक भोटेकोशी नदीले कटान गरेको छ ।

गत असार २५ गतेबाट यस सडक अवरुद्ध भएको छ ।

अरनिको राजमार्ग अन्तर्गत ८९ किमिदेखि ४ सय किमीसम्मको खग्दोल सडक असार २५ गतेबाट अवरुद्ध भएको छ ।

खग्दोल पुल पहिरो आएर क्षति भएकाले यसको निरीक्षण कार्य भइरहेको विभागले जनाएको छ ।

अरनिको राजमार्ग अन्तर्गत जम्बु, झ्याले, चाकु, डाकलांग, माथिलो भोटेकोशी ड्याम सडक निरन्तरको वर्षाले सडक भासिने, पहिरो जाने जस्ता समस्याका कारण पुर्ण रुपमा बन्द छन् ।

त्यस्तै कान्ती लोकपथ अन्तर्गत घट्टे पख/बाघ धारा/शिलालेख/छपेली सडकखण्डमा पहिरो, निरन्तर वर्षाका कारण पहिरो सफा गरी यातायात सुचारु भएपनि पुनः अवरोध पुगेको छ । गत असार २० गतेदेखि यो सडक अवरुद्ध भएको छ ।

सडकको अवस्था हेर्नुहोस्

त्यस्तै बेसीसहर चामे सडकको घोप्टे खोला/रामबजार/च्माम्चे सडकखण्डमा गत आइतवार दिउँसो गएको पहिरोले सडक अवरुद्ध भएको छ ।

बेनि जोमसोम कोरोला सडकअन्तर्गत म्याग्दी काभ्रेभिर, म्याग्दीभिर सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ ।

सिद्धीचरण राजमार्गअन्तर्गत ८४ देखि ८५ किमि सिस्नेरी भिर र साल्मेभिर सडकखण्ड गत आइबारदेखि अवरुद्ध भएको छ।

त्यस्तै विभागकाअनुसार अवरुद्ध हुने सडकहरुमा म.रा. बाँके धन्सार सडक विभाग, नारायणगढ मुग्लिङ्ग, मलेखु मुग्लिङ्ग, मलेखु धादिङबेसी सडकखण्डमा निरन्तरको वर्षाका कारण पहिरो जादा सडक अवरुद्ध भएको छ ।

डुम्रे वेशीसहर सडक सोमवारदेखि अवरुद्ध रहेको छ । त्यसैगरी वेशीशहर चामे सडकअन्तर्गत, पुवा खोला, खरखरे भीर, तारिकुना, घोप्टेभीर, रामबजार, स्यांगे, घट्टखोला, च्याम्चे, म्यार्दी, सडकखण्ड पहिरो र सडक भासिएकाले अवरुद्ध भएका छन् ।

बीपी राजमार्ग र महाकाली राजमार्गको सतबाँझ-दार्चुलासडक अवरुद्ध भएको छ ।

निरन्तरको वर्षादका कारण पहिरो तथा डेबिज फ्लोका कारण पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन पश्चिमको २० किमि सडक मंगलवार बिहानदेखि अवरुद्ध भएको छ भने आजै साँझासम्म यो सडक खुल्ने विभागले जनाएको छ ।

त्यस्तै सडक डिभिजन कार्यालय दमौलीका अनुसार आवुखैरेनी गोरखा सडक र डुम्रे बन्दीपुर सडक सोमवार दिउसोदेखि अवरुद्ध भएको छ ।

सांफेवगर-मार्तडी सडकअन्तर्गत बन्दे खण्ड, अम्कोट खण्ड, ताप्रीसेरा घट्टेखोला, गुइगाड सडकखण्ड अवरुद्ध भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

सुचारु भएका राजमार्ग

बाढी पहिरोका कारण अरनिको राजमार्गअन्तर्गत चेनिज ८३ किमिदेखि ० किमिसम्मको लामोसाँघु बाह्रबिसे सडकखण्ड अवरुद्ध भएको छ ।

करिब सय मिटर भाग सडक सुनकोशी नदीले कटान गरेको र खुल्न अझैं १० दिन लाग्ने विभागले जनाएको छ । हाल यस सडक एकतर्फी सुचारु भएको छ ।

त्यस्तै कर्णाली राजमार्ग अन्तर्गत चेनेज ११२ किमिदेखि २ सय किमिसम्म ठुलो पहिरो झरेका कारण घट्टे खोला सडक गत असार २८ गतेदेखि अवरुद्ध भएको थियो । अहिले यस सडक एकतर्फी सुचारु गरिएको छ ।

कर्णाली राजमार्ग अन्तर्गत राचुली सडक पनि अहिले एकतर्फी सुचारु भएको छ ।

त्यस्तै म.रा.मा.बाँके धन्सार सडक, टुटे देउराली मुडे चैनपुर सभाखोला, बि.पि राजमार्ग सिद्धार्थ राजमार्ग अन्र्गगतका सडकहरु सुचारु भएका छन् ।

त्यस्तै महेन्द्र राजमार्ग, शहिदमार्ग सडक योजना, कोशी राजमार्ग पनि अहिले सुचारु भएका छन् । सिद्धीचरण राजमार्गअन्तर्गतका केही सडकहरु सुचारु भएका छन् ।

नारायणगढ मुग्लिङ्ग सडक भने एकतर्फी सुचारु भएको विभागले जनाएको छ ।

देशभरका सडकको अवस्था बुझ्न यो लिंकमा क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १ : ५० बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार