सञ्जयका फ्यान र शुभचिन्तकलाई पत्नी मान्यताको आभार पत्र « Khabarhub

सञ्जयका फ्यान र शुभचिन्तकलाई पत्नी मान्यताको आभार पत्र


५ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सञ्जय दत्त अहिले क्यान्सर रोगसँग लडिरहेका छन् । उपचाररत पतिको स्वास्थ्य लाभको कामनासहित शुभेच्छा प्रकट गर्ने सञ्जयका समर्थक र फ्यानहरुलाई पत्नी मान्यता दत्तले धन्यवाद दिएकी छन्।

मान्यताले एक लेख मार्फत उनका फ्यान र शुभचिन्तक प्रति आभार ब्यक्त गरिन ।

उनले भनेकी छन्, ‘यति लामो समयदेखि सञ्जुले पाएको स्नेह र लगावका लागी फ्यान र शुभचिन्तकहरुलाई धन्यवादबाट मात्र आभार ब्यक्त गर्न सक्दिन । सञ्जुको जीवनमा आएका कैयौं उतारचढाव र अप्ठेरो समयमा पनि कहिल्यै हार्न नदिएका प्रेम र सर्पाेट गर्ने तपाईंहरुप्रति आभारी छु ।’

‘अहिले हामी एक चुनौतीको सामना गरीरहेका छौ । यस पटक पनि सोहि स्नेह र लगाव प्राप्त भइरहेको छ,’ उनले भनेकी छन् ।

मान्यताका अनुसार सञ्जयलाई क्यान्सरको चुनौतीका बीच पनि सकारात्मक सोच र ऊर्जा फ्यानहरुबाटै प्राप्त भएको छ । यो समय पहिले झै सामान्य तरिकाबाट जिउने र मुस्कानका साथ अप्ठेरो लडाई सञ्जयले लडिरहेका छन् ।

क्यान्सरको उपचाररत सञ्जयका साथ कोरोना महामारीका कारण साथमा रहन नपाए पनि मान्यता होम क्वारेन्टाइन सकिए लगत्तै साथमा रहने बताएकी छन् । मान्यताले चाडँै सञ्जयको उपचार मुम्बईमा नै गर्ने समेत बताएकी छन् ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ८ : ३९ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले