सञ्जयका फ्यान र शुभचिन्तकलाई पत्नी मान्यताको आभार पत्र | Khabarhub Khabarhub

सञ्जयका फ्यान र शुभचिन्तकलाई पत्नी मान्यताको आभार पत्र


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सञ्जय दत्त अहिले क्यान्सर रोगसँग लडिरहेका छन् । उपचाररत पतिको स्वास्थ्य लाभको कामनासहित शुभेच्छा प्रकट गर्ने सञ्जयका समर्थक र फ्यानहरुलाई पत्नी मान्यता दत्तले धन्यवाद दिएकी छन्।

मान्यताले एक लेख मार्फत उनका फ्यान र शुभचिन्तक प्रति आभार ब्यक्त गरिन ।

उनले भनेकी छन्, ‘यति लामो समयदेखि सञ्जुले पाएको स्नेह र लगावका लागी फ्यान र शुभचिन्तकहरुलाई धन्यवादबाट मात्र आभार ब्यक्त गर्न सक्दिन । सञ्जुको जीवनमा आएका कैयौं उतारचढाव र अप्ठेरो समयमा पनि कहिल्यै हार्न नदिएका प्रेम र सर्पाेट गर्ने तपाईंहरुप्रति आभारी छु ।’

‘अहिले हामी एक चुनौतीको सामना गरीरहेका छौ । यस पटक पनि सोहि स्नेह र लगाव प्राप्त भइरहेको छ,’ उनले भनेकी छन् ।

मान्यताका अनुसार सञ्जयलाई क्यान्सरको चुनौतीका बीच पनि सकारात्मक सोच र ऊर्जा फ्यानहरुबाटै प्राप्त भएको छ । यो समय पहिले झै सामान्य तरिकाबाट जिउने र मुस्कानका साथ अप्ठेरो लडाई सञ्जयले लडिरहेका छन् ।

क्यान्सरको उपचाररत सञ्जयका साथ कोरोना महामारीका कारण साथमा रहन नपाए पनि मान्यता होम क्वारेन्टाइन सकिए लगत्तै साथमा रहने बताएकी छन् । मान्यताले चाडँै सञ्जयको उपचार मुम्बईमा नै गर्ने समेत बताएकी छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ८ : ३९ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार