अष्ट्रेलियाकी सांसदले साडीमै सजिएर दिइन तीजको शुभकामना « Khabarhub

अष्ट्रेलियाकी सांसदले साडीमै सजिएर दिइन तीजको शुभकामना


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया- आज हरितालिका तीज पर्व मनाइँदै छ । विगतका वर्षहरुमा शिवालयमा विहानैबाट भक्तजनको भीड लाग्ने भए पनि यो वर्ष कोरोना महामारीका कारण सुनसान छन् ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै मठ मन्दिर खोल्न तथा भीडभाडमा रोक लगाएका कारण महिला दिदीबहिनीहरु घरघरमै तीज मनाइरहेका छन् ।

नेपाली महिलाहरुका लागि तीज विशेष पर्व भएको हुँदा विदेशिहरुले समेत तीजका अवसरमा शुभकामना दिने गरेका छन् । कोरोना कहरले उसैपनि यो वर्षको तीज शुभकामना मै सीमित बनेको अवस्था छ ।

यसैबीच  साउथ अष्ट्रेलियाकी सांसद जिङ लीले हिन्दू नारीहरुको महान पर्व तीजको शुभकामना दिएकी छन् । रातो साडीमा सजिएको फोटो फेसबुकमा पोष्ट गर्दै सांसद लीले समस्त हिन्दू नारीलाई तीजको शुभकामना दिएकी हुन् ।

शुभकामना सन्देशमा लीले लेखेकी छिन-‘तीज नेपाल र भारतमा मनाईने एक महत्वपूर्ण पर्व हो । यो पर्व विवाहित नारीहरुका लागि निकै महत्वपूर्ण मानिन्छ । शिव र पार्वतीको मिलनको सम्झनामा यो पर्व मनाइन्छ ।’

उनले सबै महिला मिलेर यो पर्व मनाउन आग्रह गर्दै नारी सशक्तिकरण यो पर्वले महत्वपूर्ण योगदान पुर्‍याउन भूमिका निभाउने बताएकी छिन् ।

उनले फेसबुकमा यस्तो लेखेकी छिन्-

सन् २०१० मा लिवरल पार्टीबाट सांसद बनेकी ली साउथ अष्ट्रेलियाका प्रिमियरकी सहायक मन्त्री पनि हुन् । लीले सन् २०१७ मा नेपाल भ्रमण गरेकी थिइन् ।

यसैबीच नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाली महिलाहरूको महान् चाड तीजको शुभकामना दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत बेरीले भनेका छन्, ‘युएस मिसनका कारण म यसपटको तीजमा उपस्थित भएर मनाउन सकिँन, तर म गतवर्षको भिडियो हेरेर मुस्कुराउने छु।’

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ९ : ०१ बजे

 कुखुरामा ‘एनेमिया भाइरस’

चितवन– चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ

‘एमाले केपी ओलीको असक्षमता बोकेर हिँड्न सक्दैन’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । 

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

रुपन्देही– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र

काठमाडौं – सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख