इजरायल भ्रमण गर्न नेपालका कूटनीतिक राहदानी बाहकलाई ३ महिनासम्म भिसा नचाहिने « Khabarhub

इजरायल भ्रमण गर्न नेपालका कूटनीतिक राहदानी बाहकलाई ३ महिनासम्म भिसा नचाहिने


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल र ईजरायल सरकारबीच कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

यो सम्झौतासँगै अब नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकले एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म बाहकलाई प्रवेशाज्ञाको आवश्यकता नपर्ने सुविधा प्राप्त भएको छ ।

इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायल सरकारको तर्फबाट इजरायली परराष्ट्र मन्त्रीले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएको छ ।

‘सम्झौतासँगै अब इजरायल वा नेपालमध्ये कुनै एक राष्ट्रको कुटनीतिक राहदानीबाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि प्रवेशाज्ञा (भिसा) लिनु पर्दैन,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कार्यक्रममा राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट मार्फत इजरायल आएका विद्यार्थीहरुमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधि ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सलट्यान्टको रुपमा विकास गर्न सकिने सुझाव दिएकी थिइन ।

राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट मार्फत इजरायल आएका विद्यार्थीहरुमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधी ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सलट्यान्टको रुपमा विकास गर्न सकिने सुझाव दिइन ।

केयर गिभिङ क्षेत्रमा पुनः नेपालीहरुलाई ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रहरुमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ३ : ५१ बजे

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण

निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी