भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय « Khabarhub

भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १६ गतेदेखि नियमित अन्तरदेशीय हवाई उडान खुला गर्ने निर्णय गरेको हो ।

हवाई उडान तालिका नागरिक उड्डयन मन्त्रालयले बनाउने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेयता नियमित अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएका छन् । नेपालभर गरिएको लकडाउन असार १ गतेदेखि खुकुलो पारिए पनि हवाई उडानमा भने प्रतिबन्ध कायम नै छ ।

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन चार्टर्ड उडान हुँदै आएका छन् । लकडाउनका बेला ७ सयभन्दा बढी चार्टर्ड उडान भएका छन् ।

अब भने पीसीआर नतिजा नेगेटिभ देखिएकालाई नियमित उडानमा स्वदेश ल्याउन दिइने निर्णय भएको खतिवडाले जानकारी दिए । पीसीआर परीक्षण गर्न असहज अवस्था भएका देशहरुमा भने तत्काल उडान नहुने जनाइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ६ : ५८ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ