अछामको बाढीप्रभावित क्षेत्रमा गृहमन्त्रीद्वारा स्थलगत निरीक्षण | Khabarhub Khabarhub

अछामको बाढीप्रभावित क्षेत्रमा गृहमन्त्रीद्वारा स्थलगत निरीक्षण


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- गृहमन्त्री रामबहादुर थापासहितको टोलीले शुक्रबार अछामको बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

गएको मंगलबार राति अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछाममा ठूलो जनधनको क्षति गरेपछि सो क्षेत्रको गृहमन्त्री थापासहितको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

बाढीले बेपत्ता भएकाहरुका परिवारसँगसमेत गृहमन्त्री थापाले भेटघाट गरेका छन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् अछाम पुगेका गृहमन्त्री थापासँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वमन्त्री भीम रावल पनि सहभागी थिए ।

बाढीमा बेपत्ता भएका १७ जनामध्य १२ जनाको शव भेटिएको थियो भने ५ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी जारी राखिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ९ : १७ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका