पर्सा र धनुषामा थप दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

पर्सा र धनुषामा थप दुई कोरोना संक्रमितको मृत्यु


५ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ मा शुक्रबार साँझ थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का सूचना अधिकारी विजय झाले पर्सा र धनुषामा एक-एक जना गरी २ कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे ।

झाका अनुसार मृतकमध्ये पर्साको वीरगंज– १० रानीघाटका ४८ वर्षका पुरुष रहेका छन् । ती पुरुषमा साउन ३१ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएको थियो ।

उनको साउन ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ आएकै दिनदेखि ती पुरुषलाई वीरगंज हेल्थ केयरको कोभिड अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो ।

ती पुरुषको वीरगंज हेल्थ केयर अस्पतालमा उपचारकै क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । ती पुरुषमा श्वासप्रश्वासको समस्या थियो ।

यस्तै अर्का मृतक धनुषाको नगराईन नगरपालिका–३ का ५० वर्षीय पुरुष हुन् । डा. झाका अनुसार धनुषाका ती पुरुषलाई पहिलादेखि नै मुटु सम्बन्धि रोग तथा थाइराइडको समेत समस्या थियो ।

उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भदौं ४ गते लगिएको थियो । उनको ४ गते नै कोरोना परीक्षणका लागि स्वाब संकलनग गरिएको थियो ।

तर स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई जनकपुरबाट काठमाडौं रेफर गरिएकोमा उनको बाटोमै मृत्यु भएको झाले बताए । उनको शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  १० : ४८ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा