पर्सा र धनुषामा थप दुई कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

पर्सा र धनुषामा थप दुई कोरोना संक्रमितको मृत्यु


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ मा शुक्रबार साँझ थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का सूचना अधिकारी विजय झाले पर्सा र धनुषामा एक-एक जना गरी २ कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे ।

झाका अनुसार मृतकमध्ये पर्साको वीरगंज– १० रानीघाटका ४८ वर्षका पुरुष रहेका छन् । ती पुरुषमा साउन ३१ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएको थियो ।

उनको साउन ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ आएकै दिनदेखि ती पुरुषलाई वीरगंज हेल्थ केयरको कोभिड अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो ।

ती पुरुषको वीरगंज हेल्थ केयर अस्पतालमा उपचारकै क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । ती पुरुषमा श्वासप्रश्वासको समस्या थियो ।

यस्तै अर्का मृतक धनुषाको नगराईन नगरपालिका–३ का ५० वर्षीय पुरुष हुन् । डा. झाका अनुसार धनुषाका ती पुरुषलाई पहिलादेखि नै मुटु सम्बन्धि रोग तथा थाइराइडको समेत समस्या थियो ।

उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भदौं ४ गते लगिएको थियो । उनको ४ गते नै कोरोना परीक्षणका लागि स्वाब संकलनग गरिएको थियो ।

तर स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई जनकपुरबाट काठमाडौं रेफर गरिएकोमा उनको बाटोमै मृत्यु भएको झाले बताए । उनको शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १० : ४८ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड