कोरोना महामारीमा पनि भारतमा चर्कियो किसान आन्दोलन « Khabarhub

कोरोना महामारीमा पनि भारतमा चर्कियो किसान आन्दोलन


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारीले विश्वकै दोस्रो धेरै प्रभावित मुलुक भारतमा किसान आन्दोलन चर्किएको छ ।

महामारीको वेवास्ता गर्दै विभिन्न राज्यमा हजारौँ किसानहरू सरकारविरूद्ध आन्दोलनमा उत्रिएका हुन् ।

कृषि क्षेत्रसँग जोडिएका तीन विधेयक पारित भएसँगै विरोध भारतमा विरोध चर्किएको हो।

विपक्षी तथा सत्तामै रहेका कतिपय दलको विरोधका बाबजुद नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले लोकसभा तथा राज्यसभाबाट विधेयक पारित गरेको हो ।

विधेयक पारित भएलगत्तै पञ्जाब, हरियाणा, उत्तर प्रदेश लगायतका राज्यमा प्रदर्शन चर्किएको छ ।

विधेयक जारी भएसँगै कृषि मण्डीको व्यवस्था हट्ने तथा देशको खाद्य सुरक्षा तसहनहस हुने विपक्षीहरूले आरोप लगाएका छन् ।

विधेयकमा भएको व्यवस्थाले अब किसानले आफ्ना उत्पादनको न्यूनतम समर्थन मूल्य पनि तोक्न नपाउने भएपछि किसानहरू आन्दोलित भएका हुन् ।

विपक्षीको विरोधपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल मार्फत न्यूनतम समर्थन मूल्य र सरकारले खरिद गर्ने हालको व्यवस्था नहट्ने आश्वासन दिए पनि प्रदर्शन रोकिएका छैनन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १० : ३५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको