कोरोना महामारीमा पनि भारतमा चर्कियो किसान आन्दोलन | Khabarhub Khabarhub

कोरोना महामारीमा पनि भारतमा चर्कियो किसान आन्दोलन


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारीले विश्वकै दोस्रो धेरै प्रभावित मुलुक भारतमा किसान आन्दोलन चर्किएको छ ।

महामारीको वेवास्ता गर्दै विभिन्न राज्यमा हजारौँ किसानहरू सरकारविरूद्ध आन्दोलनमा उत्रिएका हुन् ।

कृषि क्षेत्रसँग जोडिएका तीन विधेयक पारित भएसँगै विरोध भारतमा विरोध चर्किएको हो।

विपक्षी तथा सत्तामै रहेका कतिपय दलको विरोधका बाबजुद नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले लोकसभा तथा राज्यसभाबाट विधेयक पारित गरेको हो ।

विधेयक पारित भएलगत्तै पञ्जाब, हरियाणा, उत्तर प्रदेश लगायतका राज्यमा प्रदर्शन चर्किएको छ ।

विधेयक जारी भएसँगै कृषि मण्डीको व्यवस्था हट्ने तथा देशको खाद्य सुरक्षा तसहनहस हुने विपक्षीहरूले आरोप लगाएका छन् ।

विधेयकमा भएको व्यवस्थाले अब किसानले आफ्ना उत्पादनको न्यूनतम समर्थन मूल्य पनि तोक्न नपाउने भएपछि किसानहरू आन्दोलित भएका हुन् ।

विपक्षीको विरोधपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल मार्फत न्यूनतम समर्थन मूल्य र सरकारले खरिद गर्ने हालको व्यवस्था नहट्ने आश्वासन दिए पनि प्रदर्शन रोकिएका छैनन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १० : ३५ बजे

कोशीमा धारा १६८ (५)अनुसार नै सरकार गठन गर्न आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई