मास्क जथाभावी फाल्ने प्रवृतिले संक्रमणको जोखिम बढ्यो | Khabarhub Khabarhub

मास्क जथाभावी फाल्ने प्रवृतिले संक्रमणको जोखिम बढ्यो


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । सडक, सडकपेटी र बजारक्षेत्रमा  प्रयोग भएको मास्क जथाभावी फालिएकाले जोखिम बढ्दै गएको हो ।

मास्कको उचित प्रयोग र विसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने जिल्ला अस्पताल बैतडीका चिकित्सक डम्बरजङ्ग सिंहले बताए ।

‘मास्कको भित्री भागमा थुक, र्याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुनसक्ने भएकाले जथाभावी फाल्दा सङ्क्रमणको जोखिम हुन्छ’, उनले भने । मास्कको उचित व्यवस्थापन हुन नसके सङ्क्रमण फैलन सक्ने उनको भनाइ छ ।

मास्क खोल्दा र लगाउनुअघि हात पूर्णरूपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्ने र  मास्कलाई गोलो बनाएर बिर्को लगाएको डष्टबिनमा हाल्नुपर्ने सुझाव उनको छ ।

मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती वस्तुमा किटाणु लामो समयसम्म बस्ने गरेको बताइएको छ ।

आम नागरिकले मास्कको उचित प्रयोग र विर्सजनका बारेमा गम्भीर हुन सके सङ्क्रमण न्यूनीकरणमा सहयोग पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा हालसम्म ३८८ जनाका कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ११ : ०५ बजे

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन

एमाले झापाद्वारा बिरुवा रोपण अभियान

झापा– पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट

शिविरमार्फत सेवा दिँदै वडा कार्यालय

अत्तरिया– डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत

माधव र झलनाथपछि एकीकृत समाजवादीको युवासंघमा भाँडभैलो, बन्यो समानान्तर कमिटी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता