रिगंटा लागे २ मिनेटमा निको हुनेगरि यसरी गर्नुहोस उपचार | Khabarhub Khabarhub

रिगंटा लागे २ मिनेटमा निको हुनेगरि यसरी गर्नुहोस उपचार


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रिंगटा लाग्नु अर्थात चक्कर आउने समस्यालाई बोलीचालीको भाषामा टाउको घुमाउने भनिन्छ । यो समस्या प्राय मानिसले अनुभव गरेका हुन्छन् ।

अत्यधिक गर्मी हुदाँ, औषधीको असर हुदाँ, खानाको गडबढी लगायतका कारणले रिंगटा लाग्ने गर्दछ । यो समस्या कहिलेकाहि भए त यसको खासै असर हुदैन तर नियमित भएमा यो गम्भिर समस्या हुनसक्छ ।

चक्कर आउने समस्याबाट छुटकारा पाउन टाउको विभिन्न पोजिसनमा राख्ने अभ्यास गर्नु पर्दछ । टाउकोलाई बायाँ तर्फ ४५ डिग्रीको कोणमा घुमाई लगत्तै उत्तानो परेर सुत्नु पर्दछ । ३० सेकेण्डसम्म टाउको बायाँ तर्फ फर्काएर राख्नु पर्दछ ।

त्यसपछि टाउको दायाँ तर्फ घुमाउने र ३० सेकेण्डसम्म टाउको त्यसै गरेर राख्नु पर्दछ । यसपछि पूरै शरीर दायाँ कोल्टे फर्केर ३० सेकेण्डसम्म सुत्नु पर्दछ । ३० सेकेण्डपछि सिधा हुने गरी बस्न पर्दछ ।

यो उपाय बायाँ तर्फबाट चक्कर आउने समस्यामा मात्र उपयोगी हुन्छ । यदि दायाँतर्फबाट चक्कर लाग्ने समस्यामा यो उपाय गरियो भने यसले झन् बढि नकारात्मक असर पार्दछ । यदि दायाँ तर्फ समस्या बढी देखिएको छ भने यहि प्रक्रिया सिधा उल्टो पार्नु पर्दछ । यदि यसबाट लाभ नमिलेमा चिकित्सकको सल्लाह लिनु उपयोगी हुन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ४ : ०४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर