प्रदेश न. १ मा थपिए १ सय १९ जना कोरोना सङ्क्रमित « Khabarhub

प्रदेश न. १ मा थपिए १ सय १९ जना कोरोना सङ्क्रमित


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश न.१ मा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ, सुनसरी र झापाका एक एक महिला छन् । यस प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी, सोही अवधिमा प्रदेशमा ११९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् जसमा ५३ महिला र ६६ पुरुष छन् । सङ्क्रमितमा मोरङमा १०५, सुनसरीमा नौ, झापामा दुई, उदयपुर, संखुवासभा र प्रदेश बाहिरका एकएक जना छन् ।

मन्त्रालयका अनुसार विराटनगरमा पछिल्लो २४ घण्टामा ९७ जना सङक्रमित भएका छन् । सोमध्ये ४३ महिला र ५४ पुरुष छन् ।

प्रदेशमा हालसम्ममा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या पाँच हजार ६९३ पुगेको छ भने अहिलेसम्ममा दुई हजार ५५२ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा ९७६ जना सहित हालसम्ममा एक लाख १६ हजार ५५२ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : १३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित