दक्षिणी सोमालियामा सेनाको कारबाही, १८ लडाकू मारिए « Khabarhub

दक्षिणी सोमालियामा सेनाको कारबाही, १८ लडाकू मारिए


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सोमालियाको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १८ लडाकूको मृत्यु भएको छ ।

एक सैनिक अधिकारीका अनुसार लोअर शाबेलेको बारिरे भन्ने शहरको बाहिरी इलाकामा सरकारी फौजले कारबाही गर्दा विद्रोही अल–शबाबमा आबद्ध कम्तीमा १८ लडाकू मारिएका हुन् ।

विद्रोहीहरु लुकेर बसेको भन्ने स्थानीयबासीको सूचनाका आधारमा सेनाले कारबाही गरेको सरकारी सेनाका कमान्डर अहमद हस्सन जियादले जानकारी दिए ।

विद्रोहीले शसक्त प्रतिकार गरेका भए पनि उनीहरु परास्त भएको कमान्डर जियादले बताए । लोअर शाबेले क्षेत्रमा विद्रोहीका कमान्डर सिडो नुरे अबु मुहसिन पनि मारिएको उनले जानकारी दिए ।

हालैका महिनाहरुमा सोमालियाको सरकारी फौजले मध्य र दक्षिणी क्षेत्रमा अल–शबाब विद्रोही समूह विरुद्ध आक्रामक कारबाही गरिरहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ६ : ०९ बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको