च्याम्पियन्स लिगमा युभेन्ट्सको विजयी सुरूवात « Khabarhub

च्याम्पियन्स लिगमा युभेन्ट्सको विजयी सुरूवात


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्सले विजयी सुरुवात गरेको छ ।

मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा युक्रेनी क्लब डाइनामो किभलाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले विजयी सुरुवात गरेको हो ।

किभको मैदानमा अल्भारो मोराटा चम्किएपछि युभेन्ट्सले सुखद सुरुवात गरेको हो । घरेलु टोलिसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्ट्सका लागि दुबै गोल मोराटाले गरे ।

खेलको ४६औं मिनेटमा मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८४ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।

मोराटा यसै सिजन एट्लेटिको मड्रिडबाट लोनमा युभेन्ट्स फर्किएका हुन् । र, च्याम्पियन्स लिगको पहिलो खेलमै उनले शानदार प्रदर्शन गरेका छन् ।

जितसँगै समूह ‘जी’ को युभेन्ट्सले ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ६ : १७ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.