तरुणदलको प्रशन : रोग र भोकमा जनताको साथमा नहुने सरकार किन चाहियो ? « Khabarhub

तरुणदलको प्रशन : रोग र भोकमा जनताको साथमा नहुने सरकार किन चाहियो ?


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्न सरकारसँग माग गरेको छ ।

महामारीको बेलामा नै जनतालाई सरकार आवश्यक पर्ने भन्दै संक्रमित आफैंले उपचार गर्नुपर्ने भन्ने सरकारको निर्णय तत्काल फिर्ता गर्न तरुण दलले माग गरेको हो ।

तरुणदलका अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण बढिरहेका बेला कोरोना परीक्षण र निःशुल्क उपचारबाट सरकार पन्छिनु खेदजनक भएको बताएका छन् ।

‘महामारीको बेलामा सरकारले जनताप्रति निर्बाह गर्नुपर्ने समान्य भन्दा समान्य जिम्मेवारीबाट पनि पन्छिदै गएको छ,’ विज्ञप्तिमा भनिएको छ- ‘यस्तो महामारीको बेला परीक्षण र उपचारको दायरा बढाउदै लैजानुपर्ने समयमा सरकार ठिक विपरित परिक्षण, उपचार र लास व्यवस्थापन जनता स्वयमले गर्नुपर्ने निर्णयमा पुगेको छ, यस्तो निर्णय अत्यन्तै खेदजनक छ ।’

सरकारको यो निर्णय संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेश विपरित छ भएको पनि तरुण दलले उल्लेख गरेको छ ।

‘आम जनताको अभिभावकको भूमिका निर्बाह गर्नुपर्ने सरकारले यस्ता गैरकानुनी, संविधान विरोधी र अदालतको अवहेलना लगायतका अलोकतान्त्रिक कार्यबाट पछि हट्दै सम्पूर्ण जनताको निःशुल्क परीक्षण र उपचार गर्नका लागि आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘रोग भोक र अभावमा जनताको साथमा नहुने सरकार आवश्यक भै रहन्छ र ?’ भन्दै तरुणदलले प्रश्न समेत गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ९ : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको