पुनर्निर्मित रानीपोखरी उद्घाटन (फोटो फिचर) « Khabarhub

पुनर्निर्मित रानीपोखरी उद्घाटन (फोटो फिचर)



काठमाडौँ- भूकम्पले भत्किएको ऐतिहासिक रानीपोखरी ५ वर्षमा पुनर्निर्माण पूरा भएको छ ।

अहिले रानीपोखरीलाई पूर्ववत अवस्थामा ल्याएर झकिझकाउ पारिएको छ । रंगरोगन, बत्ती जडान गरेर सिंगारपटार गरिएको रानीपोखरी पाँच वर्षपछि लोभलाग्दो भएको छ । रानीपोखरीको आज एक कार्यक्रमकाबीच उद्घाटन भएको छ ।

राष्ट्रपति विद्या भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन् । १८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते शिलान्यास गरेको रानीपोखरी राष्ट्रपति भण्डारीबाटै आज उद्घाटन भएको हो ।

यसअघि गएको वैशाख १२ गते तथा संविधान दिवसका दिन असोज ३ मासमेत उद्घाटनको तयारी भए पनि कोरोनाका कारण ढिलो भएर रानीपोखरी उद्घाटन हुन सकेको थिएन ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

आज राष्ट्रपतिले रानीपोखरी उद्घाटन गरेसँगै सबैका लागि खुला हुनेछ । बालगोपालेश्वर (यमलेश्वर) मन्दिर परम्परागत मान्यता अनुसार यस वर्षको एक दिन भाइटीकामा खुल्ने छ ।

बगैँचा तथा पोखरीको सुरक्षामा केही समय रानीपोखरीमा सुरक्षाकर्मीसमेत खटाइने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १ : १३ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र